लुटपाटमा संलग्न ३ जना पक्राउ


इलाम, ११ असोज । ईलामको माई नगरपालिका – ४ की ८० बर्षीया बृद्धा सरस्वती पुलामी मगरले लगाएको सुनका गरगहना लुटपाटमा संग्लग्न रहेका आशंकामा ३ जना पक्राउ परेका छन् ।
प्रहरी चौकी दानावारीबाट खटिएको प्रहरी टोलीले तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आईतवार बिहान ६ बजे बृद्धाले कान तथा घाँटीमा लगाएका बिभिन्न प्रकारका सुनका गहनाहरु र नगद समेत लुटपाट भएको भन्ने सूचना पाए संगै प्रहरी चौकी दानावारीबाट खटिएको प्रहरी टोलीले चोरीमा संग्लग्न रहेका झापा, मेचिनगर -३ का २५ बर्षीय कुमार मगर, ३१ बर्षीय मनोराज राई र अर्जुनधारा नगरपालिका- ३ का ३४ बर्षीय सन्तोष मगरलाई लुटपाट भएका सुनका गहना र नगद ४४ हजार ३ सय १३ रुपैया सहित आईतवार नै पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published.