शुर्दशन शाकोसको दमकमा इकाईगत साधारणसभा

दमक,९ असोज । दमक- ५ जेसीज चौंकमा रहेको सुदर्शन बचत तथा ऋण सहकारी संस्थाले १५ औं बार्षिक साधारणसभा अन्तर्गत दमकमा विहीवार इकाइगत साधारणसभा सम्पन्न गरेको छ । मोरङको उर्लाबारीमा मुख्य कार्यालय रहेको उक्त संस्थाले आफनो दमक सेवा केन्द्रबाट साधारणसभा शुरु गरेको हो ।
संस्थाका अध्यक्ष गोपालप्रसाद भट्टराईको अध्यक्षतामा भएको साधारणसभा उद्घाटनमा उत्कृष्ट शेयर सदस्य सम्मान, उत्कृष्ट बालबालिका बचत र सुदर्शन छात्रवृत्ति वितरण समेत गरिएको छ ।

संस्थाले गत असार मसान्तसम्म ७३ करोड ७३ लाख ४४ हजार ५७ रुपैयाँ कूल कारोबार गरेको प्रतिवेदनमा उल्लेख छ । दमकसहित उर्लाबारी, मिक्लाजुङ र पथरीशनिश्चरेमा सेवा केन्द्र सञ्चालनमा आएको छ । संस्थामा ७ हजार भन्दा धेरै शेयर सदस्यहरु आबद्ध छन ।
दमक सेवा केन्द्रको इकाईगत वार्षिक साधारणसभा तथा प्रतिवेदन सार्वजनिक कार्यक्रममा संस्थाका सञ्चालक घनश्याम भण्डारी, कार्यालय व्यवस्थापक नरेन शेर्मा लगायत सञ्चालक समितिका सदस्यहरु, कर्मचारीहरु र शेयर सदस्यहरुको उपस्थिति थियो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत थरेन्द्रराज पौडेलका अनुसार दमक सेवा केन्द्रबाट शुरु भएको साधारणसभा मिक्लाजुङ, पथरीशनिश्चरे सेवा केन्द्र हुँदै उर्लाबारीस्थित मुख्य कार्यालयबाट सञ्चालन गरि असोज ११ गते इकाइगत साधारण सभाका निर्णयहरुको एकीकृत गरि माइन्यूट प्रमाणीकरण गरिने भएको छ ।
इकाईगत साधारणसभा कार्यक्रम अन्तर्गत १० असोजमा मधुमल्ला र ११ गते उर्लावारीसहित समष्टिगत साधारणसभा गरि यस वर्षको बार्षिक साधारणसभा सम्पन्न हुने संस्थाले जनाएको छ । यसैगरि, संस्थाको समष्टिगत साधारणसभाका अवसरमा निर्वाचित सञ्चालक समिति, लेखा समितिका पदाधिकारी तथा सदस्यहरुको घोषणा लगायतका निर्वाचन कार्यक्रम पूरा गरिने जनाईएको छ ।

५ करोड ६ लाख ६१ हजार ७ सय शेयर पूंजी रहेको संस्थाको विभिन्न कोषहरुमा ५ करोड १६ लाख ८५ हजार ३ सय ८२, बचतमा ५७ करोड ८५ लाख १४ हजार ३ सय४४ रुैया र कर्जातर्फ ५६ करोड १९ लाख २६ हजार ३ सय ७९ रुपैया गर्न सफल भएको उल्लेख छ । त्यसैगरि, संस्थाले गएको वर्ष ७३ करोड ६६ लाख ८६ हजार ६६५ रुपैयाको कुल कारोवार गरेको प्रतिवेदनमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.