सिंहदेवी आधारभूत विद्यालयको अध्यक्षमा राई

दमक,१० असोज । झापाको कमल गाउँपालिका- ७ बिष्णुकठठास्थित सिंहदेवी आधारभूत विद्यालयको अध्यक्षमा सन्तोष राई चुनिएका छन् । विभिन्न सामाजिक क्षेत्रमा सक्रिय उनी विद्यालयका सदस्य थिए ।
विद्यालयकी प्रधानाध्यापक ईन्दिरा देवी खनालको अध्यक्षतामा विहिबार बसेको बैठकले राईको अध्यक्षतामा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो । समितिको बैठकले बहुमतबाट अक्षयकोषका दाता सन्तोष राई र शिक्षाप्रेमी कल्पना मगरलाई मनोनीत गरिएकोमा नियमानुसार राईको अध्यक्षतामा नयाँ विद्यालय व्यवस्थापन समिति सर्वसम्मत चयन गरिएको थियो । सर्वसम्मत गठित समितिको सदस्यहरुमा बिष्णुभक्त लामिछाने , निर्मला राई, रुद्रप्रसाद प्याकुरेल, कल्पना मगर
,गीता बराल, जनप्रतिनिधिबाट वडा सदस्य मनमाया सिटौला, शिक्षक प्रतिनिधिबाट सुनिता साँवा सदस्यमा चयन भएको विद्यालयले जनाएको छ । विद्यालयको सदस्य सचिवमा ईन्दिरादेवी खनाल रहेकी छन् ।
२०३० सालमा स्थापना भएको सो विद्यालय हाल कक्षा ९ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन हुदैआएको छ ।

Leave a Reply

Your email address will not be published.