पथरी शनिश्चरे, ९ असोज । मोरङको पथरीशनिश्चरे २ मा रहेको सुन्दर सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा एउटा शव भेटिएको छ ।आज मंगलबार अनुहार सडिएको अवस्थामा बेबारिसे शव भेटिएको हो । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक ब्रमदेव शाहका अनुसार दिउँसो १२ बजेको समयमा उक्त वन क्षेत्रको गोही खोलामा अन्दाजी ४० वर्षे पहिचान नखुलेको र हातमा ओम मानी पेमे पुरुषको घोप्टो परेको अवस्थामा शव देखेर स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए ।मृतकको पोष्ट मार्टमका लागि शव धरान शवगृहमा पठाईएको प्रहरी निरीक्षक शाहले जानकारी दिए ।