
दमक,१० असोज । दमक- ८ स्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थाले आज आफनो २३ औ बार्षिक साधारणसभा विभिन्न कार्यक्रमहरु गरि सम्पन्न गरेको छ । स्थानीय कस्मिक पार्टी प्यालेसमा भएको साधारणसभाको उद्घाटन सत्रमा सञ्चालक तथा लेखा समितिका दुवै प्रतिवेदन प्रस्तुत गर्नुका साथै ज्येष्ठ सदस्य, भारतीय तथा ब्रिटीस सैनिकबाट अवकास प्राप्त आफना शेयर सदस्य र सहकारीमा कारोवार गर्ने उत्कृष्ठ बचत ,ऋणी सदस्यहरुलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो ।
सहकारीका संस्थापक अध्यक्ष जीतमान राईको प्रमुख आतिथ्यतामा भएको सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्ष धनराज राईले बार्षिक प्रतिवेदन र लेखा संयोजक मणिराज राईले प्रस्तुत गरेका लेखा प्रतिवेदन संस्थाको बन्दत्रले सुझाव सहित पारित गरिएको थियो ।
सो अवसरमा संस्थाले अघिल्ला वर्षझै यसवर्ष पनि सम्मन तथा पुरस्कारबाट संस्थाकै ज्येष्ठ सदस्य ७८ बर्षिय कुलबहादर राई, महिला ज्येष्ठ तर्फ ७६ बर्षिया भगवती भटटराई, भूपू सैनिकतर्फ भारतीय सैनिकका पदमबहादुर लिम्बू,व्रिटीस सैनिकका पञ्चबहादुर राईलाई सम्मान गरियो । यस्तै, शेयर सदस्यका परिवारबाट माध्यमिक शिक्षामा उच्चतम अंक ल्याउने छात्रतर्फ रुमन लिम्बू र छात्रातर्फ रुजु दुलाल र उत्कृष्ठ कर्मचारीतर्फ बालकुमारी लिम्बूलाई प्रोत्साहन स्वरुप नगद तथा सम्मान पत्रद्धारा पुरस्कृत गरिएको थियो ।
यसैगरि , संस्थाले बचत तथा ऋणका कारोवार गर्ने उत्कृठ शेयर सदस्यहरु शारदा लिम्बू, सञ्जय अग्रवाल,अमृता राई लावती, हर्ककुमारी राई,झरना लक्सम देवान, प्रविणकुमार थापा, चण्डीप्रसाद न्यौपाने, लक्ष्मीप्रसाद राई, फूलमाया तामाङ,इन्द्रमाया कन्दङवा, बिष्णुकुमारी लिम्बू,भिमप्रसाद कन्दङवा, दिपराज राई, पूर्णिमायाबेघा, चन्द्रमाया मगर, उमेशकुमार राई, खडग आङबुहाङ, तारानिधि मिश्र, जमुनाथापामगर, जोगबहादुर राई, आशबहादुर राई,शरेस बहादुर तामाङ र सानु थापालाई मायाको चिनो तथा प्रंशसापत्रसहित पुरस्कृत गरिएको थियो ।
सम्मान तथा पुरस्कार संस्थाका अध्यक्ष धनराज राई, प्रमुख अतिथि सहकारीका संस्थापक अध्यक्ष जीतमान राई, संस्थाका सल्लाहकारहरु क्याप्टेन बिबि राई, सुमित्रा वाङदेल , रुकमान लिम्बू,ऐमानसिंह लावतीलगायतले वितरण गरेका थिए । सभामा संस्थाका व्यवस्थापक लिलाराज तुम्बापोले संस्थाको आर्थिक कारोवारको वर्तमान अवस्था, भावी कार्य योजनाका बारेमा जानकारी दिएका थिए । उनले संस्थालाई अव समयसापेक्ष रुपमा लैजान वृहत कार्ययोजना ल्याएको र यसमा सवै शेयर सदस्यहरुले साथ दिनु पर्ने औल्याएका थिए ।
संस्थाका सचिव कृष्ण गोलेले सञ्चालन गरेको सभामा सहकारीका सञ्चालक , शेयर सदस्यहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।
९९५ जना शेयर सदस्य रहेको सहकारीमा गत वर्षसम्म शेयर पूंजी ४ करोड ६२ लाख २ सय पुगेको छ भने चालुवर्षमा ६ करोड ५० लाख पुरयाँउने लक्ष्य उल्लेख छ । त्यस्तै, शेयर सदस्य समेत विस्तार गरि २२ सय पुरयाँँउने लक्ष्य राखिएको जनाईएको छ ।
