इटहरीका भेट्रान खेलाडी बने च्याम्पियन

दमक,१० असोज । शनिवार दमकमा भएको स्व. शान्ताकला स्मृति ब्याडमिन्टन प्रतियोगिता–२०७८ खेलको उपाधि इटहरीका भेट्रान खेलाडी श्याम लामा र पूर्ण बुढाले जितेका छन् । उपाधिसंगै विजेताले नगद २० हजार ,ट्रफि, मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।
२ दिन सम्म चलेको उक्त प्रतियोगिताको अन्तिम चरणमा दमकका घनश्याम खनाल र अविनासको जोडीलाई विजेता टोलीले हराएको थियो । विजेता टोलीले पहिलो चरण २१–९ र दोस्रो चरण २१–७ को अन्तरले उपािध कव्जा गरेको थियो ।
प्रतियोगितामा उपविजेता बन्न पुगेको टोलीलाई नगद १० हजार सहित ट्रफि मेडल प्राप्त ग¥यो । प्रतियोगिता दमक ८ स्थित सौजन्य व्डामिन्टन खेल मैदानमा भएको सो प्रतियोगिताका विजेता,उपविजेता खेलाडीहरुलाई कार्यक्रममा प्रमुख अतिथि इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक नवराज कार्की लगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए । ४० वर्ष माथिका भेन उक्त प्रतियोगिताको संयोजन सन्जय लिम्बूले गरेका थिए । दमक ८ निवासी व्याडमिन्टन खेलाडी बिमल गुरुङले आफना दिवंगत आमाको स्मृतिमा सो प्रतियोगिताको आयोजना गरेका हुन् । ।प्रतियोगितामा झापा, मोरङ,सुनसरी, इलाम र पाँचथरका ३२ जोडी खेलाडीले भाग लिएका थिए ।

Leave a Reply

Your email address will not be published.