इटहरी ,९ असोज । छिमेकीको कुटपिटबाट इटहरी उपमहानगरपालिका–१६ उब्दीका ४२ वर्षीय रामकुमार चौधरीको ज्यान गएको छ ।चौधरीलाई सामान्य लेनदेनको विवादमा छिमेकी ५० वर्षीय लाल चौधरीले कुटपिट गरेका थिए। कुटपिटबाट उनको टाउकोमा गम्भीर चोट लागेको थियो। उपचारका क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ ।
कुटपिटबाट घाइते उनलाई उपचारका लागि सान्वी सिटी अस्पताल पु¥याइएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएको थियो । उनको सोही अस्पतालमा उपचारकै क्रममा बुधबार राति साढे ११ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनामा संलग्न लाल चौधरीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ ।