हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु

झापा ,९ असोज । जंगली हात्तीको आक्रमणबाट झापामा एक जना युवकको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार जंगली हात्तीको आक्रमणवाट बिर्तामोड नगरपालिका–७ खालबारीमा ७ निवासी २७ वर्षीय साहिल मोहम्मद मियाँको ज्यान गएको हो ।
उनको शव क्षतविक्षप्त अवस्थामा फेला परेको थियो । प्रहरीले घटनाका सम्बन्धमा कानुनी प्रकृया पूरा गरि पोष्टमार्टमका लागि शव प्रादेशिक अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.