कुरुम्बेली दमक समाज सेवा संघको अध्यक्ष पुनः लाओती

दमक,९ असोज । कुरुम्बेली दमक समाज सेवा संघको नेतृत्व चयन भएको छ । संघको बुधबार किरात भवनमा सम्पन्न प्रथम अधिबेशन तथा पाँचौं बार्षिक साधारणसभाको निर्वाचन कार्यक्रमबाट पुनः ऐमानसिंह लावतीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा कमला योङहाङ,सचिवमा धिरेन लाओती,सहसचिवमा विरबहादुर लाओती ,कोषाध्यक्षमा रेखा राई,प्रवक्तामा गगन लाओती चुनिएका छन् । १७ सदस्यीय निर्वाचित समितिको सदस्यहरुमा मेघराज माखिम,मिलन लाओती,चन्द्रकुमारी चेम्जोङ लाओती, मिना लाओती,कुमारी योङहाङ,गोविन्द लाओती,मनुका चेम्जोङ राई,बसन्त हेम्वया लाओती,सुनिता लाओती,दिनेश लाओती,खगेन्द्र माखिम लगायत रहेको छन् ।
नयाँ नेतृत्व चयन गर्न नारायण फियाकको संयोजकत्वमा अम्बरकुमार लाओती र धनजीत राई सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।
समाजसेवी खड्गसुन्दर लाआतीको प्रमुख आतिथ्यतामा भएको साधारणसभाको उद्घाटनमा संस्थाका अध्यक्ष , कोषाध्यक्षबाट प्रस्तुत प्रतिवेदन संस्थाको बन्दसत्रले सुझावसहित पारित गरिएको थियो ।
त्यस्तै, संस्थालाई योगदान पुरयाउँने अग्रज, ज्येष्ठ सदस्यहरुलाई समेत सम्मान गरिएको प्रवक्ता गगन लावतीले जानकारी दिए ।
संस्थाका उपाध्यक्ष रुपधन राईले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा संघमा आवद्ध आजीवन सदस्य ,साधारण सदस्यहरुको उपस्थिति रहेको थियो ।
पाँचथर कुरुम्बा घर भई हाल दमकमा बस्दैआएका कुरुम्बेलीहरुले सामाजिक कार्यमा सहयोग पुरयाँउने हेतुले संघ स्थापना गरि विभिन्न गतिविधिहरु गरिआएको सचिव धिरेन लावतीले बताए ।

Leave a Reply

Your email address will not be published.