दमक,८ असोज । दशै,तिहार लगायतका ठुला चाडपर्वहरुमा उपभोक्तालाई मार पार्ने किसिमका कुनै पनि गतिविधिहरु नगर्न,नगराउन दमक उद्योग वाणिज्य संघले आग्रह गरेको छ ।चाडपर्वका मौका पारेर बजारमा उपभोग्य मिति गुज्रिएका सामान विक्रि वितरण गर्ने, सडेगलेका वस्तु विक्रि गर्ने, कृत्रिम अभाव सृजना गर्ने, नापतौलमा फरक पार्ने लगायतका उपभोक्तालाई मार पर्ने किसिमका क्रियाकलापहरु नगर्न सबै उद्योगी,व्यवसायीहरुसंग संघले अनुरोध गरेको हो ।
संघका अध्यक्ष गोपाल गुरागाईद्धारा जारी विज्ञप्तिमा भनिएको छ, –‘चाडपर्वका मौका छोपेर अमर्यादित गरेको पाईएमा सम्बन्धित निकायबाट कारवाही हुने भएकाले त्यस्ता कार्य नगर्न ,नगराउनु हुन समस्त व्यवसायीहरुमा अनुरोध गर्दछौं । ’
स्वस्थ्य तथा स्वच्छ वस्तु एवं सेवा उपलब्ध गराई व्यवसायिक कर्तव्य पूरा गर्नुहुन अनुरोध गरिएको उल्लेख छ । संघले आफ्नो पसल व्यवसायमा देखिने गरी उपभोग्य सामानको मूल्यसुची अनिवार्य रुपमा राख्नु हुन एवं उपभोक्ता महानुभावहरुले पनि सामान खरिद गर्दा उपभोग्य मिति हेरी प्रयोग गर्न मिल्ने सामान मात्र खरिद गर्नु हुन समेत अनुरोध गरिएको अध्यक्ष गुरागाईले बताए ।.