दमक र कमलमा तीन- तीन जना सभापतिका उम्मेदवार

उम्मेदवारी दर्ता गर्दे कांग्रेस दमकका सभापतिका प्रत्यासी प्रसाई


कमल,९ असोज ।
नेपाली कांग्रेस कमल गाउँपालिकाको सभापतिमा तीन जनाले उम्मेदवारी दिएका छन् । कांग्रेसको १४ औं महाधिवेशन कार्यक्रम अन्तर्गत कमलमा शनिवार भएको उम्मेदवार मनोनयनमा सभापतिमा तीन जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
एक जना सभापतिका लागि खगेन भण्डारी, बुद्धिराज न्यौपाने र प्रमोद दाहालको उम्मेद्वारी परेको छ भने दुई जना उपसभापतिमा लोकनाथ खनाल, चन्द्रलाल गौतम, पदम बहादुर निरौला, विक्रमसिंह कार्की र केदार कटुवाल गरि पाँच जनाको उमेद्वारी परेको मतदान अधिकृत कुमार खतिवडाले जानकारी दिए ।
त्यसैगरी दुई जना सचिवका लागि देवी प्रसाद दाहाल, तिलोचन आचार्य, महेन्द्र बुढाथोकी र सहसचिवमा दुर्गा प्रसाद पोख्रेल, सबिता दाहाल ( कटुवाल ) ,ख्यामराज खनाल र टंक प्रसाद कट्टेलको उमेद्वारी परेको छ ।
कार्यसमिती सदस्यमा भने वडाबाट २१ जना र १५ जना समावेशी कोटामार्फत तथा दुुई जना प्रदेश महाधिबेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएको मतदान सहायक अधिकृत विष्णु सुब्बाले जानकारी दिए । १३७ जना मतदाता रहेको कमलमा भोलि आइतवार विहान मतदान हुने जनाईएको छ ।
यसैगरि, दमकमा पनि सभापतिमा तीन जनको उम्मेदवारी परेको छ । सभापतिमा प्रकाश प्रसाई, पर्शुराज रिजाल र रोशन विष्टको उम्मेदवारी परेको छ भने अन्य पदाधिकारीहरुमा पनि प्यानलनै उम्मेदवारी परेको छ ।
दमक ५ स्थित दिपीनि आधारभुत बिद्यालयमा बिहान १० बजेदेखि शुरु भएको उम्मेदवारी मनोनयमा चुनावी दौडमा रहेका तीनै समूहले उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवारी दर्ताका क्रममा उम्मेदवारहरु, नेता, कार्यकर्ताहरुको भिडभाड देखिएको थियो । करिब १ बजे प्रसाइँ उम्मेदवारी दर्ताका लागि पुगेका थिए भने त्यसलगत्तै विष्ट नेतृत्वको समूह र करिब १.३० बजे रिजाल नेतृत्वको समूह उम्मेदवारी दर्ताका लागि मतदान केन्द्रमा पुगेका थिए । निर्वाचनस्थलमा संघीय सांसद समेत रहेकी नेतृ महेन्द्रकुमारी लिम्बु पनि पुगेकी थिइन । सांसद लिम्बुले सञ्चारकर्मीहरुसंगको कुराकानीमा कांग्रेसको यो महाधिवेशनले आम कार्यकर्ताहरुको भावनालाई सम्बोधन गर्ने विश्वास व्यक्त गरिन ।
निर्वाचन समितिका अनुसार प्रसाई नेतृत्वको समूहले उपसभापतिद्धयमा युवराज (सागर ) खनाल र मीना कोइराला , सचिवद्धयमा नवराज ढकाल, दिनेश अग्रवाल,सहसचिवमा नवराज न्यौपाने र मणि लिम्बूलाई उम्मेदवारी दर्ता परेको छ । रिजालको समूहबाट उपसभापतिद्धयमा प्रेम भट्टराई,संगम राई, सचिवमा रामचन्द्र अधिकारी,चन्द्रकुमार गिरी (कुमार ) ,सहसचिवमा विजय राई र रमुना चापागाई र विष्ट समूहबाट सचिवमा सचिवमा दिपेश दाहालको उम्मेदवारी परेको छ ।
पदाधिकारीहरुसंगै वडाबाट निर्वाचित हुने सदस्यहरुमा निर्विरोध भएका छन् भने समावेशी कोटामार्फत निर्वाचित हुने सदस्यहरु भने चाहिने भन्दा बढी उम्मेदवारी परेको मतदान अधिकृत ब्रवुराम दाहालले जनाएका छन् । नेतृत्वका लागि दमकमा वडासभापति,क्षेत्रीय प्रतिनिधिसहित ३२७ जना मतदाताले मतदान गर्ने छन् ।

गौरादह नगरमा मुख्य ७ पदमा १२ जनाको उम्मेदवारी

झापाको गौरादह नगरमा नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तरगतको नगर अधिबेशनमा मुख्य ७ पदका लागि १२ जनाको उम्मेदवारी परेको छ ।
एक पद रहेको नगर सभापति पदका लागि गोपाल कोइराला र यादब राज सेढाईले आफ्नो उम्मेदवारी दर्ता गराएका छ्न् ।त्यसैगरि दुई पद रहेको नगर उपसभापति पदका लागि कुन्दन गिरी , मेघराज अधिकारी र नरेश कुमार राजबंशी गरि तीन जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छ्न् ।
त्यस्तै दुई पद रहेको नगर सचिब पदका लागि नेत्र बहादुर खड्का ,माधब कोइराला ,सोमनाथ उप्रेती र गुरुदयाल राजबंशी गरि चार जनाले उम्मेदवारी दिएका छ्न् ।
त्यस्तै दुइ पद रहेको नगर सहसचिव पदका लागि ओम कुमार धमला , उपेन्द्र ढुंगाना र खड्ग नारायण ताजपुरिया गरि तीन जनाले उम्मेदवारी दिएका छन् ।
यसैगरि नगर सदस्य पदका लागि खुल्ला तथा समावेशी कोटाबाट ४५ जना सवै निर्बिरोध निर्बाचित भएका छ्न । त्यसै गरि प्रदेश सभा क्षेत्रीय अधिबेशन प्रतिनिधिमा इन्द्रमणि दाहाल र पूर्णिमा राजबंशी निर्बिरोध निर्बाचित भएका मतदान अधिकृत मोहन अधिकारीले जानकारी दिएका छ्न ।निर्बाचन कार्यक्रम अन्तर्गत भोलि पदाधिकारी चयन गर्न २ सय ४६ जनाले मतदानमा भाग लिने जनाईएको छ ।

Leave a Reply

Your email address will not be published.