दमक,९ असोज । वर्षासंगै परेको चट्याङले लागेर झापा दमकका एक व्यक्तिको मृत्यु भएको छ ।दमक –४ घर भई मोरङको मिक्लाजुङ– ३ तेह्रथुमे टोल बस्ने भक्तबहादुर नेपालीको घर बनाउनका लागि गएका ३६ वर्षीय कुमार मोतेको चट्याङले लागेर मृत्यु भएको हो । गएराति १० बजे भान्सा कोठा अगाडी उभिएको अवस्थामा चट्याङले लागेर मोते बेहोस भई लडेका र घाइतेलाई उपचारका लागि दमक अस्पताल ल्याइएकोमा उपचारका क्रममा राति ११.३० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।