दमकमा महिला फुटबल हुने

दमक,८ असोज । झापाको दमकमा पहिलो संस्करणको रुपमा रोयल महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।महिला फुटबलले झापामा फड्को मार्न नसकिरहेको अवस्थामा दमकको रोयल स्पोर्टिङ क्लबले पहिलोपटक महिला फूटवल प्रतियोगिता गर्न लागेको हो ।

क्लवले दसैँ र तिहारको अवसर पारेर यही कात्तिक ९ देखि १७ गतेसम्म हुने महिला फुटबलको प्रतियोगिता आयोजना गर्न लागेको सचिव इजु तामाङले जानकारी दिए ।
प्रतियोगिताका विजेताले नगद ३० हजारसहित ट्रफी र मेडल प्राप्त गर्ने छन् भने उपविजेताले २० हजार ट्रफी मेडल पाउने छन् । प्रतियोगितामा झापा, मोरङ, इलाम र सुनसरीका क्लबको सहभागिता रहनेछ जनाईएको छ ।

Leave a Reply

Your email address will not be published.