दमक तेक्वान्दो डोजाङले वार्षिकोत्सव मनायो

दमक,७ असोज । तेक्वान्दो खेलका युवा खेलाडीहरुको अगुवाईमा स्थापना गरिएको दमक तेक्वान्दो डोजाङले आफ्नो पहिलो वार्षिकोत्सव विशेष कार्यक्रम गरि मनाएको छ ।
युवा तथा विद्यार्थीहरूको आत्मरक्षा र शारीरिक सुदृढता अभिवृद्धि गर्ने उद्देश्यले स्थापना भएको डोजाङले सोमबार संक्षिप्त कार्यक्रम गरि छोटो समयमा यस डोजाङले स्थानीय क्षेत्रमा पुरयाँएको योगदानका विषयमा चर्चा गरिएको थियो । सो अवसरमा डोजाङले आफना चार जना प्रशिक्षकहरुलाई डोजाङको लोगो अंकित टि सर्ट ,सम्मानपत्र प्रदान गर्नुका साथैं उत्कृष्ठ खेलाडीहरुलाई नगद तथा खादा ओढाएर पुरस्कृत गरिएको डोजाङका अध्यक्ष जितु धिमालले बताए ।

बार्षिकोत्सव कार्यक्रममा डोजाङका सल्लाहकार एवं पूर्व खेलाडी गजु देवान,पत्रकार अनिलदेव राईसहितका पदाधिकारी,सदस्यहरु, सहयोग गर्ने व्यक्तिहरू, सदस्यहरू र सल्लाहकारहरूको उपस्थितिमा केक काटेर खुशी प्रकट गरिएको थियो।

डोजाङका अध्यक्ष धिमालका अनुसार स्थापना भएदेखि नै डोजाङले उल्लेखनीय उपलब्धिहरू हासिल गरेको छ । कनकाईमा गत जेठ ३१ गते सम्पन्न जिल्लास्तरिय तेक्वान्दो प्रतियोगितामा जिल्लाकै दोस्रो स्थान प्राप्त गर्न सफल भएको थियो ।यसैगरि,नेपाल तेक्वान्दो एशोसियसनले गत भदौं १३ देखि १५ गतेसम्म काठमाण्डौैंमा आयोजना गरेको राष्ट्रियस्तरका प्रतियोगितामा पुम्से विधातर्फ १२ बर्ष मुनीबाट सेमिना राईले काँस्यपदक जित हात पारेको उनले जानकारी दिए ।यस्तै, गत जेठ २४ गते विराटनगरमा आयोजित कोशी प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तेक्वान्दोमा देन्सु योगी(४५ केजी ) ले रजत पदक जितेकी थिइन् ।

बार्षिकोत्सव कार्यक्रममा दमक जेसीजका पूर्व अध्यक्ष आरसी अधिकारी, अधिबक्ता सुवास गड्तौला, सामाजिक अगुवा राजेन्द्र सिटौला, वलराम धिमाल, डोजाङका सदस्य संगम राई,दमक फूटवल एकाडेमीका प्रशिक्षक कुमार गिरी लगायतको समेत उपस्थिति रहेको थियो ।

५ विद्यालयमा २ सय बढी प्रशिक्षणमा
डोजाङले तेक्वान्दो खेलको विकासका निम्ति दमकका नीजितर्फ चार तथा एउटा सामुदायिक विद्यालयमा प्रशिक्षण सञ्चालनमा रहेको छ । सर्वोदय अंग्रेजी स्कूल, मदरल्याण्ड,हिमज्योति,सनराईज र सामुदायिक तर्फ ढुकुरपानी माध्यमिक विद्यालयमा प्रशिक्षण चलिरहेको डोजाङले जनाएको छ । प्रशिक्षणमा २ सय ५० जना बढी खेलाडीहरुले प्रशिक्षण लिईरहेका छन् । अध्यक्ष धिमालले दमकका अन्य विद्यालयमा समेत प्रशिक्षण सञ्चालन गरिने योजना रहेको जनाए ।

तेक्वान्दो खेलले खेलाडीहरुको शारीरिक तन्दुरुस्तका लागि मात्र नभएर आत्मरक्षाका लागि समेत उपयोगी भएको उल्लेख गरे । खेलकुद स्वस्थ्य जीवनयापनमा समेत उतिकै टेवा पुग्दैआएको उनको भनाई छ । उनले भने, –‘खेलकुद स्वस्थ्यका लागि मात्र नभएर देशलाई अन्तराष्ट्रिय जगत सम्म चिनाउन यस किसिमका खेलकुदले महत्वपूर्ण योगदान पुरयाँउदैआएको छ ’

Leave a Reply

Your email address will not be published.