पूर्वाञ्चल मन्टेश्वरीमा सिङ्गिङ स्टार -२०८१ प्रतियोगिता

दमक ,८ असोज । दमक -८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी अंग्रेजी स्कुलले पूर्वाञ्चल सिङ्गिङ स्टार २०८१ प्रतियोगिता गरेको छ ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको प्रतिभालाई उजागर गर्ने उद्देश्यले अन्तर कक्षा पूर्वाञ्चल सिङ्गिङ स्टार २०८१ प्रतियोगिता सञ्चालन गरिएको स्कूलकी प्रिन्सीपल सविता पोखरेल भट्टराईले बताईन् । स्कूलमा हालै आयोजित सो प्रतियोगितामा विभिन्न कक्षाका १५ जना विद्यार्थीहरुले भाग लिएका थिए ।
वरिष्ठ लोकगायक शिव नेपालको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिताको निर्णायकहरुमा बिहानी कला केन्द्र दमककी संस्थापक तथा यस स्कुलकी संगीत शिक्षक कमला खनाल ,नेपाल स्टार टपको फाइनलिस्ट सिद्धान्त खड्का रहेका थिए ।
स्कूलका संस्थापक तथा निर्देशक माधव भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रतियोगिताको प्रथम पुरस्कारबाट कक्षा १ का विद्यार्थी आर्जु खड्का , द्वितीय पुरस्कार कक्षा २ का कृषु पाठक र तृतीय पुरस्कार कक्षा दुईकै सुनिधि कुँवर पुरस्कृत भए ।
यसैगरि, कक्षा- १ का कृष्ण पाठक कक्षा -६ की श्रीजिता गोस्वामी ,कक्षा -२ की स्मारिका दङ्गाललाई सान्तवना पुरस्कार प्रदान गरिएको थियो । उनीहरुलाई प्रमुख अतिथि, निर्णायक तथा स्कूल परिवारले संयुक्त रुपमा पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।
कार्यक्रममा अभिभावकका तर्फबाट रन्जित बराइली ,एन्जिला अधिकारी लगायतले बालबालिकाको पढाई सँगसँगै अतिरिक्त क्रियाकलापमा पनि विद्यालयले विशेष जोड दिएकोमा खुसी व्यक्त गरेका छन् ।
स्कूलकी शिक्षिका विष्णु राउतले सञ्चालन गरेकी कार्यक्रममा विद्यालयका तर्फबाट प्रमुख अतिथि,अतिथिहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published.