गौरादह, ७ असोज । नेपाली काँग्रेस सम्बद्ध नेपाल महिला संघ क्षेत्रिय समिति गठन भएको छ ।नेपाल महिला संघकी जिल्ला उपाध्यक्ष नौताली राजवंशीको संयोजकत्वमा आज गौरादहमा भएको क्षेत्रिय भेलाबाट झापा क्षेत्र नं ५ को नेपाल महिला संघ क्षेत्रिय समिति गठन भएको हो । भेलाबाट दमक ८ की महिला नेतृ गोमा बुढाथोकीको अध्यक्षतामा सर्वसम्मतरुपमा चयन भएकी छन् ।२४ सदस्यीय क्षेत्रिय गठित समितिको उपसभापतिमा कमला बास्कोटा दाहाल, सचिबमा कल्पना थापा, सह सचिबमा शुशिला प्रसाइ चयन भएका छन् ।
यसैगरि , सदस्यहरुमा निर्मला रिमाल,चन्द्रकला सिग्देल, लक्ष्मी चिमरिया, सरिता शेर्पा, लिला गनगाई, बिमला रिजाल,सिता कार्की, देबीमाया कार्की,भिमा देबि बराल,आरति बिक,दिया ताजपुरिया,शोभा गिरि,शकुन्तला गौतम, टिका देबि श्रेष्ठ, मुना कटुवाल, निलु राइ,सुजु बस्नेत,सरिता कटुवाल, रक्षा सुबेखी र चन्द्रा कार्की चुनिएका छन् ।