क्रेएटिभ लेडिजद्वारा विपन्न माझी परिवारलाई सहयोग

पथरी ,७ असोज । मोरङ्गको पथरी शनिश्चरेस्थित क्रेएटिभ लेडिजद्वारा स्थानीय एक जना विपन्न माझीका परिवारलाई आर्थिक तथा स्टेशनरी सामग्रीहरू सहयोग गरेको छ।शनिबार लायन्स क्लब अफ पथरी क्रेएयटिभ लेडीजले पथरी शनिश्चरे वडा न. ८ निवासी विपन्न तथा बिमारी हर्क बहादुर माझीलाई उपचारका लागि १५ हजार ५ सय ५ रूपैयाँ नगद सहयोग र स्टेसनरी लगायत हस्तान्तरण गरिएको हो।
सोहि अवसरमा बिमारी माझीका बालबच्चाहरू पठनपाठनका लागि ती सामग्रीहरू प्रदान गरिएको थियो। उक्त अवसरमा प्रमुख अतिथिको रुपमा नगरकी उपमेयर देवी माया काफ्ले, ८ नं का वडा अध्यक्ष नवीनजंग कार्की, वडा सदस्य जनप्रतिनिधि, तथा लायन्स लिडरहरूको उपस्थिति रहेका थिए।
उक्त अवसरमा नगरकी उपमेयर काफ्ले , जोन चियर पर्सन देवी राई तथा कार्यक्रमकी अध्यक्ष शारदादेवी बस्नेतसहितले संयुक्त रुपमा सो रकम हस्तान्तरण गरेका थिईन् ।साथै, जोन चियर पर्सन देवी राईले उक्त परिवारका ५ जना साना बालबालिकाका लागि केही दिन भित्रैमा आँङ ढाक्ने लत्ताकपडाहरू समेत प्रदान गरिने जानकारी दिइन्।

Leave a Reply

Your email address will not be published.