क्लव हिमालयन टाइगरको नेतृत्व चयन,शाखा संयोजक तोकिए

दमक,८ असोज । सामाजिक संस्था क्लब हिमालयन टाइगर दमकको नयाँ नेतृत्व चयन भएको छ । क्लवको आज सम्पन्न चौथो साधारणसभाबाट दिपक खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा मेघनाथ फुयाल,महिला उपाध्यक्षमा अनु भण्डारी ,सचिवमा तिर्थ राज राई, सहसचिवमा सबिना साङ्पाङ र कोषाध्यक्षमा राजु अधिकारी चुनिए । त्यस्तै, सदस्यहरुमा खगेन्द्र गुरागा, दिवस खतिवडा ,डिल्ली मिश्र, आशिष पौडेल, सन्तोष कार्की, सानुकुमार चौधरी, बिनोद अधिकारी र कोशिस शिवाकोटी चुनिएका छन् ।

शाखा संयोजक तोकिए
क्लबले स्वदेश तथा विदेशमा आफना सञ्जाल विस्तारमा जोड दिएको छ । जसअन्तरगत हिमालयन टाइगरको कमल गाउँपालिकाको संयोजकमा केदार चापागाईं, बिर्तामोड नगरपालिकाको संयोजकमा भिमप्रसाद कडरिया, शिवसताक्षी नगपालिकाको संयोजकमा दीपक सुवेदी, इजरायल समन्वयन समितिको संयोजकमा खेमराज जमरकट्टेल, युएई समन्वय समितिका संयोजकमा छितिज पौड्याल, अमेरिका समन्वय समितिको संयोजकमा नारायण कुमार श्रेष्ठ, बहराइन् समितको संयोजकमा मिलन श्रेष्ठ, अस्ट्रेलिया समन्वय समितिका सँयोजकमा दिलबहादुर थापा, कतार समन्वय समितिको संयोजकमा प्रेमकुमार उप्रेतीलाई जिम्मेवारी प्रदान गरेको जनाएको छ ।२०७६ सालमा स्थापना भएको क्लबले सामाजिक क्षेत्रमा काम गर्दै आएको क्लबका अध्यक्ष रेवतचन्द्र भण्डारीले बताए । क्लबले बाढी पीडितलाई सहयोग, विपन्न बर्गलाई खाद्यान्न र न्यानो कपडा वितरण, कोरोनाको समयमा माक्स, खाद्यान्य वितरण, आवश्यकताको आधारमा व्लड व्यवस्थापन, सरसफाई कार्यक्रम, शान्ति सुरक्षा सम्बन्धी चेतना मुलक कार्यक्रम, स्कुलहरुमा व्याग र स्टेशनरी वितरण लगायत समाजमा भैपरि आउने विभिन्न समस्याहरुको तत्काल समाधान र उद्दारको काममा क्लबले दैनिक रुपमा काम गरी रहेको अध्यक्ष भण्डारीले बताए । क्लबले आगामी १० बर्षमा १ लाख सदस्य बनाएर संस्थालाई विश्वव्यापी बनाउने लक्ष्य लिएको भण्डारीले सुनाए ।

    अग्रज रक्तदाता श्रेष्ठसहित तीन जनालाई सम्मान

कार्यक्रमममा क्लबलाई विशेष योगदान दिएका वेनुप्रसाद चुडाल, १२१औं पटक रत्तदान गर्ने दमकका व्यवसायी राजकुमार श्रेष्ठ र ३० पटक भन्दा बढी रत्तदान गर्ने भगवती श्रेष्ठलाई दोसल्लाह र सम्मान पत्रले विशेष सम्मान गरिएको छ ।

Leave a Reply

Your email address will not be published.