
दमक ,८ असोज । यहाँस्थित हिमशिखर एग्रो एण्ड हर्व रिसर्च सेन्टर प्रालिले मेगा बैंक सँगको सहकार्यमा किसानहरुलाई किसान क्रेडिट कार्ड बितरण गरेको छ ।
किसानका आर्थिक समस्यालाई मध्यनजर गर्दै किसान क्रेडिट कार्डको अवधारणा आएसँगै हिमशिखर एग्रोले पाँच जना किसानहरुलाई क्रेडिट कार्ड वितरण शुरु गरेको हो ।
विहिबार एक कार्यक्रमको आयोजना गरि एग्रोले कृषकहरुलाई डिजिटल कृषि प्रणाली मार्फत सहज तथा सहुलियत रुपमा कर्जा उपलब्ध गराउने उद्देश्यका साथ मेगा बैंकको सहयोगमा किसान क्रेडिट कार्ड बितरण गरिएको एग्रोका अध्यक्ष धुब्रप्रसाद न्यौपानेले जानकारी दिए ।
किसान क्रेडिट कार्ड बितरणसँगसँगै किसानहरुलाई किसान बित्तीय साक्षरताका बिषयमा छलफल समेत गराएको थियो ।
दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीको प्रमुख आतिथ्यतामा भएको शुभारभ्म कार्यक्रममा हिमशिखर एग्रोका प्रमुख कार्यकारी अधिकृत प्रकाश घिमिरे, मेगा बैंकका माईक्रो हेड पूण्यप्रसाद खनिया, बैंकका प्रदेश १ का प्रमुख बिबेक बन्धु न्यौपाने ,दमक नगरपालिकाका कृषि शाखा प्रमुख चन्द्रकला भट्टराई, अर्जुनधारा नगरपालिकाका पशु बिकास अधिकृत पदम राई लगायतले मन्तब्य राखेका थिए ।