दमक, ६ असोज । दमक अपाङ्ग सहयोग समितिको अध्यक्षमा पुनः खगेन्द्र बहादुर भट्टराई चुनिएका छन् ।संस्थाको आज सम्पन्न २२ औं बार्षिक साधारणसभा तथा १० औं अधिवेशनले भट्टराई (शारीरिक अपाङ्गता )को अध्यक्षतामा १० सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो ।
सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा मनमाया तिम्सिना (दृष्टिबिहिन), सचिवमा मदनकुमार बोहोरा (शारीरिक अपाङ्गता), सहसचिवमा जानुका पोख्रेल (मस्कुलर डिस्टभी) , कोषाध्यक्षमा सविन रिजाल (अटिजम अभिभावक) र सहकोषाध्यक्षमा चम्पा न्यौपाने (सुस्तश्रवण) चुनिएका छन् ।
त्यसैगरी सदस्यहरुमा कृष्णकुमारी भण्डारी (बौद्धिक अभिभावक), गोमा खड्का (न्युनदृष्टी ) , लिला थापा (कुष्ठप्रभावित ) र गणेश बोहोरा (ह्वीलचेयर युजर ) रहेको नवनिर्वाचित सचिव मदनकुमार बोहराले जानकारी दिए ।
दमक नगरपालिकाकी कार्यबाहक नगर प्रमुख रेगिना भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा अध्यक्ष भट्टराईले प्रस्तुत गरेको प्रतिवेदन र सचिव बोहराले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन सुझाव सहित पारित गरिएको थियो । साधारणसभाकै अवसर पारेर दमक अपाङ्ग सहयोग समितिलाई सहयोग गर्ने दुईजनालाई सम्मान समेत गरिएको छ ।
दमक ४ मा रहेको अपाङ्ग सहयोग समितिको प्रदेश स्तरिय भवन निर्माणमा आर्थिक सहयोग गर्ने राधिका ओझा र संस्था स्थापना देखिका सहयोगी एचआरडिसि बनेपाका झापा प्रतिनिधि श्याम पोखरेललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।