कमल ,६ असोज । कमल गाउँपालिका -५ मंगलवारेस्थित युनाइटेड बचत तथा ऋण सहकारी संस्थाले सम्मान तथा पुरस्कार प्रदान गरि आफनो २० औैं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
संस्थाले शनिबार आयोजना गरेको साधारण सभाको अवसरमा संस्थाका उत्कृष्ट कारोबारी शेयर सदस्यहरु, बचत कर्ताहरु तथा शेयर सदस्य परिवारबाट एसइईमा उत्कृष्ट जीपिए हासिल गर्ने बिद्यार्थीहरुलाई पुरस्कृत गरेको हो ।
संस्थाका अध्यक्ष ललितकुमार वान्तवाको अध्यक्षता तथा बयोबृद्ध सामाजिक व्यक्तित्व पूर्णानन्द शर्माको प्रमुख आतिथ्यमा भएको सभामा एसइईमा उत्कृष्ट जीपिए ल्याउने सन्देश तिम्सिना र चन्दा नेउपानेलाई पुरस्कृत गरिएको थियो । त्यस्तै उत्कृष्ट कारोबार गर्ने राजेश राई, देवीमाया राजवंशी, धनबहादुर कामी, ललिता मगर, काजीमान गुरुङ, सुमित्रा राजवंशी, हरिचन्द्र राई, भुपुली राजवंशी, अस्मिता पौडेल ढकाल, मन्दिरा श्रेष्ठ,सञ्जुकुमार राई,पूर्णमाया भुजेललाई पुरस्कृत गरियो ।
त्यस्तै, बालबचत तर्फ साइमन ताजपुरिया, मिङसा लिम्बू र महिमा शेर्मालाई पुरस्कार एवं सम्मान प्रदान गरिएको थियो । त्यसैगरि, संस्थामा नियमित बचत गर्ने १० जना बालबालिकाहरुलाई पुरस्कार स्वरुप शैक्षिक सामाग्रीहरु वितरण गरिएको थियो । सभाको बन्दसत्रले संस्थाका अध्यक्ष राईद्धारा सञ्चालक समिति प्रतिवेदन र लेखा संयोजक भानुभक्त निरौलाले प्रस्तुत गरेको लेखा प्रतिवेदन सुझावसहित पारित गरिएको सहकारीका उपाध्यक्ष विरेन्द्र तिवारीले जानकारी दिए ।
६५५ जना शेयर सदस्य रहेको संस्थामा गएको वर्षसम्म शेयर पूंजी ७२ लाख ३६ हजार २ सय , निक्षेप २ करोड ३८ लाख ३ हजार २ सय ९४ , ऋण लगानी २ ६० लाख ७२ हजार २ सय २२ रहेको उल्लेख छ ।