दमक,६ असोज । दमक नगरपालिका प्रमुख रामकुमार थापा दक्षिण कोरियामा हुने मेयर विश्व सम्मेलनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेका छन् ।सेप्टेम्बर २५ देखि २७ सम्म आयोजना हुने १ सय बढी देशका मेयरहरु सहभागि हुने छैठौ विश्व सम्मेलनमा सहभागि हुन उनीसहित झापाबाट भद्रपुर नगर प्रमुख गणेश पोख्रेल, कन्काई नगर प्रमुख राजेन्द्र कुमार पोख्रेल लगायतका टोली आज साँझ त्यसतर्फ प्रस्थान गदैंछन् ।
दक्षिण कोरियाको राजधानी सियोलमा हुने मेयर सम्मेलनमा विश्वका मेयरहरुको अनुभव आदानप्रदान तथा समसायमिक विषयमा छलफल हुने बुझिएको छ । मेयर विश्व सम्मेलनमा भाग लिन शुक्रवारनै दमक नगर प्रमुअ थापासहित नगरपालिकाका लेखा अधिकृत देवी कोईराला काठमाडौ गएका छन् । एक साता लामो कोरियाको भ्रमणका क्रममा दमक भई कोरियामा बस्दैआएका युवाहरुसंग तथा त्यहाँको कृषि उद्योगहरुको समेत अनुगमन गर्ने कार्यक्रम रहेको छ । नगर प्रमुख थापाले आफनो अनुपस्थितिमा आफूले गरिआएको जिम्मेवारी नगर उपप्रमुख रेगिना भटटराईलाई कार्यवहाक नगर प्रमुखको जिम्मेवारी तोकेका छन् ।