गौरीगंज ६, असोज ।नेपाली कांग्रेस गौरीगंजले संगठन विस्तार गर्ने कार्य तीव्र पारेको छ ।गौरीगंज गाउँपालिका अन्तर्गत १ देखि ६ सम्मका वडा समितिहरुबाट सिफारिस भएका प्रतिनिधिहरु मध्येबाट नेविसंघ,तरुण दल, महिला , आदिवासी जनजाति लगायतका भातृ संगठनहरु गठन गरिएको कांग्रेस गाउँसमितिले जनाएको हो ।
गौरीगंज गाउँपालिका ३ स्थित काली मन्दिरको प्राङ्गणमा शुक्रवार सम्पन्न वैठकबाट नेपाल महिला संघ, नेपाल तरुण दल, नेविसंघ, जेष्ठ नागरिक संघ, आदिवासी जनजाति संघ गठन भएको छ ।
कांग्रेस गौरीगंजका सभापति अघनु प्रसाद राजवंशीको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला सदस्यहरु मखना महतो, गोपाल पौडेल, जत्रुसिंह गन्गाई, हेमा आर्चाय, जेठा मुर्मु, महाधिवेशन प्रतिनिधि कार्तिकलाल राजवंशी, झापा क्षेत्र न. ५ (क) उपसभापति आत्माराम राजवंशी, झापा क्षेत्र न. ४ (क) उपसभापति गोपालचन्द्र सिंह राजवंशी, महिला संघ उपसभापति नौताली राजवंशी, वडा न. १ का सभापति विनोद राजवंशी, वार्ड न. ६ का सभापति बद्री नारायण यादव, वार्ड नं ३ का सभापति यादव श्रेष्ठ, वडा नं ४ का का.वा. सभापति मनोरथ गिरी, वार्ड नं ५ का सभापति सन्तोषसिंह गन्गाई, वार्ड नं २ का का.वा.सभापति हरि भट्टराई,नेविसंघ जिल्ला सदस्य देवकुमार ताजपुरियालगायतको सहभागिता थियो भने कार्यक्रमको सञ्चालन गोपाल प्रसाद ताजपुरियाले गरेका थि
महिला संघमा आचार्य
भेलाले हेमा आचार्यको सभापतित्वमा नेपाल महिला संघ गौरीगञ्ज समिति गठन गरियो । गठित समितिको उपसभापतिमा रेखा राजवंशी ,तुलसा गौतम सचिव,पार्वती सिटौला सहसचिव र कोषाध्यक्षमा तुलसा बस्नेत चुनिईन् । यसैगरि, सदस्यहरुमा सोल्मा टुडु ,सवित्रा न्यौपाने ,मायावती मर्डी ,रेखा राजवंशी ,कविता राजवंशी ,कविता आचार्य ,तुलसा राजवंशी ,धनमाया ताजपुरिया ,रेखा ढकाल र
सागवती राजवंशी चुनिईन् ।
तरुण दल सभापतिमा राजवंशी
दिलिप राजवंशीको सभापतित्वमा मनोज चौधरी उपसभापति,दिपक श्रेष्ठ सचिव,माघप्रसाद गिरी सहसचिव,पेन्टरबाबु राजवंशी कोषाध्यक्ष चुनिए । यसैगरि,सदस्यहरुमा सन्तोष पासवान ,डमर पाण्डे ,सुवोद राजवंशी ,मंगल मुर्मू ,राम आचार्य ,विष्णु फूयाल ,कृपा ताजपुरिया ,श्याम कुमार राजवंशी ,भोटलाल राजवंशी ,मटरलाल गन्गाई ,नसरुदिन मयिाँ ,विरेन्द्र यादव ,सन्तोष राजवंशी ,शुरेस साह ,धिरज गिरी ,दिनेश राजवंशी ,जगत बहादुर महतो र रुपक श्रेष्ठ चयन भएका छन् ।
यादवको नेतृत्वमा नेविसंघ
रोशन यादव सभापति रहेको नेपाल विद्यार्थी संघ गौरीगंज गाउँ समिति गठन गरेको छ । गठित समितिको उपसभापतिमा देविका कुमारी राजवंशी ,सुमन गिरी सचिव, देवनारायण गन्गाई सहसचिव र कोषाध्यक्षमा रेणुका राजवंशी चुनिएका छन् ।
यसैगरि, सदस्यहरुमा अनु राजवंशी ,नितेश राजवंशी ,दिपेश जैरु ,दिलिप प्रसाद राजवंशी ,संजय राजवंशी ,सपनाकुमारी यादव ,गोविन्द ताजपुरिया ,हिरामणी ताजपुरिया ,सौरब कोइराला ,विवेक कुमार ताजपुरिया र स्मृति राजवंशी चुनिएका छन् ।
जेष्ठ नागरिकमा नेपाल
निलमणी नेपालको सभापतित्वमा दुर्गाप्रसाद सिंह ताजपुरिया उपसभापति ,शंकर प्रसाद ताजपुरिया सचिव,पृथ्बी लिम्बू सहसचिव,मालेसरी यादव कोषाध्यक्ष रहेको समिति गठन गरिएको छ ।
गठित समितिको सदस्यहरुमा बुधलाल यादव ,पलानु ताजपुरिया ,रामलखन ताजपुरिया ,जरमान लिम्बू,विश्वप्रसाद अधिकारी ,मोहन चन्द्र झा ,बर्वलाल राजवंशी ,सत्यनारायाण राजवंशी ,सीता पोख्रेल ,चेरचेरु ताजपुरिया र नसरुदी मियाँ चुनिएका छन् ।
आदिवासी जनजातिमा राजवंशी
पार्टी निकट नेपाल आदिवासी जनजाति महासंघ गौरीगञ्जको सभापतिमा लेल्टु राजवंशी चुनिए । गठित समितिको पर्शुराम राजवंशी उपसभापति,सुन्दरलाल राजवंशी सचिव,भोटलाल राजवंशी सहसचिव,तेजप्रसाद ताजपुरिया कोषाध्यक्ष चुनिए ।यसैगरि, सदस्यहरुमा जंगी प्रसाद सिंह ,सोम सोरेन ,आनन्द ताजपुरिया ,विजय वास्की ,प्रकाश राई ,रुपक श्रेष्ठ ,बाबुराजा राजवंशी ,योगेन्द्र कुमार राजवंशी ,बैजनाथ राजवंशी ,अघरनाथ राजवंशी र नारायाण राजवंशी चुनिएका छन् ।