दमक, ७ असोज । झापाको कमल गाउँपालिका वडा न. ५ मंगलवारेस्थित यूनाईटेड बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः ललित कुमार वान्तवा निर्वाचित भएका छन् । सहकारीको आज सम्पन्न १९ औ बार्षिक साधारणसभाले पुनः वान्तवाको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्विरोध निर्वाचित गरेको हो ।
नौ सदस्यीय निर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा विरेन्द्र तिवारी, सचिवमा लिलम पौडेल, कोषाध्यक्षमा दिलकुमारी गुरुङ रहेका छन् । यस्तै,सञ्चालक समितिको सदस्यहरुमा मदन कुमार राई, गणेश प्रसाद उप्रेती,फूलकुमारी उप्रेती, बालकुमारी लिम्बू र कमल मिश्र चुनिएका छन् ।
यसैगरि डम्बर कुमार राईको संयोजकत्वमा दिलकुमारी राई ( पुनम ) र भानुभक्त निरौला सदस्य रहेको ती सदस्यीय लेखा सुपरिवेक्षण समिति समेत निर्विरोध चयन गरिएको थियो । चार बर्से सञ्चालक तथा लेखा समितिको निर्वाचन गर्न तिर्थ कुमार ताजपुरियाको संयोजत्वमा देवी कुमार राई र शुसीला राई सदस्य रहेको तीन सदस्यीय एक निर्वाचन समिति गठन गरिएको थियो ।
स्थानीय किरात राई बोखिमको भवनमा आयोजना गरिएको साधारणसभाकाृ उद्घाटनमा संस्थाका तर्फवाट सञ्चालक समितिका अध्यक्ष ललित कुमार वान्तवाले बार्षिक प्रतिवेदन र लेखा संयोजक डम्बर राईले प्रस्तुत गरेका लेखा प्रतिवेदन सुझावसहित पारित गरिएको थियो । त्यस्तै, संस्थाले सहकारीमा कलम चलाएपावत पत्रकार बिष्णु सुब्बासहित उत्कृष्ठ कारोवार गर्ने ऋणी ,शेयर सदस्य, बालबचत कर्ताहरु गरि ४८ जनालाई समेत सम्मान तथा पुरस्कृत गरिएको थियो ।
साधारणसभा जिल्ला सहकारी संघ झापाका पूर्व उपाध्यक्ष बलराम गजुरेलको प्रमुख आतिथ्यता रहेको थियो । संस्थाको ६४ लाख ९१ हजार ८ सय शेयर पूंजी रहेको छ भने चालु बर्षमा त्यसलाई बृद्धि गरेर ७० लाख पुरयाँउने लक्ष्य राखिएको उल्लेख छ । त्यस्तै, २ करोड ४६ लाख १७ हजार एक सय ७९ निक्षेप ,२ करोड ५३ लाख ६४ हजार ४ सय ८५ रुपैया ऋण लगानी गर्न सफल भएको प्रतिवेदनमा उल्लेख छ ।
