फाल्गुनन्द शाकोसको अध्यक्षमा पुनः लिङदेन

दमक,७ असोज । दमक ६ मा मुख्य कार्यालय रहेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः संकल्प लिङदेन निर्वाचित भएका छन् । आज राति मतगणनाको अन्तिम मतपरिणाम अनुसार आगामी तीन बर्षे कार्यकालका लागि लिङदेन पुनः अध्यक्षमा निर्वाचित भएका हुन् ।
विजयी वनेका लिङदेनले ६१८ मत ल्याएका थिए भने उनका प्रतिद्धन्दी महेन्द्रकुमार चाम्लिङले २८३ मत प्राप्त गरेका थिए । यसैगरि सचिवमा ६०८ मत ल्याएर देशराज नेम्बाङ विजयी भए भने उनका प्रतिद्धन्दीे जितबहादुर सुब्बाले २९३ मत प्राप्त गरेका थिए । अध्यक्ष र सचिवमा दुई प्यानल वनाई चुनावी मैदानमा सहभागि भएका थिए । अध्यक्ष लिङदेनको सचिवमा देशराज र अर्का प्यानलबाट अध्यक्षका प्रत्यासी चाम्लिङ र सचिवमा जितबहादुर उम्मेदवार वनेका थिए ।
संस्थाका सञ्चालक समितिको अध्यक्ष र सचिव वाहेकका अन्य पदहरुमा भने यसअघि निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक चुडामणी ओझाले जानकारी दिए ।
यसरी निर्वाचित हुनेमा सञ्चालक समितिका उपाध्यक्षद्धयमा फूलकुमारी आङदेम्बे, दिलीप जवेगु,कोषाध्यक्षमा संगीता सेरेङ (इक्सा ) र सदस्यहरुमा गुमानसिंह सम्बाहाम्फे,कमला सुब्बा,मनकुमारी पन्दाक बेघा र खड्ग राई रहेका छन् ।
यस्तै, लिलाराज तुम्बापोको संयोजकत्वमा तीन सदस्यीय एक लेखा समिति पनि निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित हुने लेखा सदस्यद्धयमा बीरवहादुर लावती र शक्ति वहादुर साम्बा रहेका छन् ।
संस्थाको नयाँ नेतृत्व चयन गर्न सहकारीकर्मी ओझाको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो ।

Leave a Reply

Your email address will not be published.