कमल ६ र ७ मा राप्रपाको पार्टी कार्यालय उद्घाटन

दमक,७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) ले कमल- ६ र ७ मा पार्टी कार्यालय उद्घाटन गरेको छ । पार्टीका कमल अध्यक्ष दिपक खरेलका अनुसार ती दुई वडामा विहिबारदेखि वडा कार्यालय सञ्चालनमा ल्याईएको हो । यसअघि कमल ५ र ३ वडा समितिले पनि पार्टी गतिविधि सञ्चालन गर्न कार्यालय सञ्चालनमा ल्याएका उनले जनाए ।
कमल ६ वडाध्यक्ष सत्यनारायण ताजपुरियाको अध्यक्षता तथा पार्टीका क्षेत्रीय अध्यक्ष भीम प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा विहिबार वडा भेलाका बीच औपचारिक रुपमा वडा समितिको कार्यालय उद्घाटन गरिएको हो । कार्यक्रममा सदस्य दिपा पाठकले स्वागत तथा कमल सचिव डिल्ली उप्रेतीले सञ्चालन गरेका थिए ।
वडा समिति मार्फत पार्टीका गतिविधिहरु तीव्रता दिन सघाँउ पुरयाँउन उद्देश्यले कार्यालय सञ्चालनमा ल्याईएको वडाध्यक्ष ताजपुरियाले बताए ।
यसैगरि कमल ७ मा आजनै पार्टी कार्यालय उद्घाटन गरिएको वडाध्यक्ष लय प्रसाद उप्रेतीले बताएका छन् । पार्टी कार्यालयको क्षेत्रीय अध्यक्ष पौडेलले उद्घाटन गरेका छन् । सोहि भेलाले गंगा प्रसाद पाण्डेको अध्यक्षतामा पार्टीको वडा समिति पूर्नगठन गरिएको छ । पूर्नगठित समितिको उपाध्यक्षमा दिपक बोहोरा,सरोज चापागाई,सचिवमा सागर उप्रेती र सदस्यहरुमा लक्ष्मी बन, इन्द्र धिमाल,राज धिमाल,देवी प्रसाद विष्ट,दिलीप गुरुङ,इन्द्र लोहनी,मनोज सिटौला, उर्मिला खड्का,तारा सिटौला र भिम कटवाल चुनिएका छन् ।
सो भेलामा पार्टीका कमल अध्यक्ष दिपक खरेल लगायतका नेता,कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । यसैगरि पार्टीले कमलका ७ वटै वडामा पार्टी अगुवा कार्यकर्ताहरुका लागि प्रशिक्षण कार्यक्रम समेत शुरु गरिएको अध्यक्ष खरेलले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.