पिनास भएको कसरी थाहा पाउने ?

रुघा लागीहालेमा सकेसम्म रुघा रोक्ने गोली खानु हुदैन् । यस्ता गोलीले सीगान सुकाएर नाक बन्द गराउने या पिनास जन्माउने सम्भावना वढाउछ । सकेसम्म सीगान बग्न दिनुपर्छ । हाच्छिउ आउन दिनुपर्छ । साथमा सम्भव भएसम्म सुप पिउने या तातो पानीको वाफ लिनु राम्रो हो । घरमै बनाउन सकिने घरायसी औषधी या शुद्ध बेसारपानी उत्तम हुन्छ । घाटी दुख्ने भएमा या अन्य लक्षण भएमा मनतातो दुधमा शुद्ध बेसर घोलेर सेवन गर्नु राम्रो हे । यदि माथीका उपचारबाट व्यथा सञ्चो नभएमा चिकित्सकको सल्लाह बमोजिम औषधीको सेवन गर्नुपर्छ । यदि पिनास लामो समयदेखि निको हुन सकेको छैन भने आर्युवेदिक या होमियाप्याथिक औषधीको सेवनबाट निको हुन्छ ।
……………………………………………………………………………………..

निधारको वरिपरी, आँखामाथिका डिल, नाक र अनुहारको केही भाग विशेष गरेर दिउँसो दुख्ने, नाक बन्द हुने, पहेलो बाक्लो या गनाउने स्राव नाकबाट बग्ने, बेलाबेलामा रगत देखा पर्ने जस्ता लक्षण देखिए र टाउको दुखेमा पिनास हुनसक्छ । घामको प्रकाश छिप्पिदै जाँदा दुखाई वढ्ने र दिउसोको पहर वित्नै लाँग्दा दुखाई क्रमशः घटदै जाने पिनास एक प्रकारको पीडादायी समस्या हो । विशेष गरेर युवायुवती अवस्थादेखि नै देखा पर्ने यो समस्याका बारेमा राम्रोसँग बुझेर उपचार गराएमा सधैकालागि निको हुन्छ ।
हरेक स्वस्थ मानिसलाई ६ महिनामा या १ वर्षमा एकपटक रुघामर्की लाग्नु राम्रो हो । यसले नाक छेउछाउमा रहेका साइनस(हड्डीमा रहेका गहिरा भाग)लाई सफा गर्ने काम पनि गर्छ । तर यदि सफा हुन नसकेर अरु फोहोर जम्मा भएमा र बाहिर निस्कन नसकेमा ति साइनसहरुमा संक्रमण हुन पुग्छ र टाउको दुख्ने, नाक बन्द हुने, गनाउने सीगान वग्ने या पानी जस्तो पातलो पदार्थ, पानी बग्ने, हाँच्छिउ आइरहने, नाकबाट रगत आउने हुन सक्छ । विस्तारै वासना थाहा हुन छाडने, कान पाक्न थाल्ने या घाटी दुख्ने जस्ता लक्षणहरु पनि देखा पर्न सक्ने हुदा समयमै सचेत हुनु जरुरी देखिन्छ ।

पिनासका कारणहरु : हाम्रो अनुहार र टाउकाको बनावट विशेष प्रकारका हड्डीहरुको समूहले बनेको हुन्छ । टउको र अनुहारलाई हलुका बनाउन हड्डीमा केही गहिरो भाग रहेको हुन्छ जहाँ हावा ओहोरदोहोर गरिरहेको हुन्छ । यस्ता विशेष प्रकारका हड्डीका गहिरा भागलाई साइनस भनिन्छ । यस्ता साइनसहरु निधार, गाला र नाकको तलमाथी रहेका हुन्छन् । जस्तै फ्रन्टल साइनस, प्यारा नेजल साइनस, इथमोइड साइनस आदि । यी साइनस मध्ये फ्रन्टल साइनस ठिक नाकको फेदमा रहेको हुन्छ । हामीले श्वासप्रस्वास गर्दा या नाकबाट सुघ्ने काम गर्दा सिधा यही साइनसमा पुग्ने गर्छ । यसरी नै प्यारा नेजल साइनसमा पनि यहि प्रक्रिया हुने हँुदा यदि रुघामर्की या धुलो धुवा या कुनै पनि वाहिरी वस्तुको प्रवेश श्वासप्रश्वाससँगै यी ठाउँहरुमा पुगेर संक्रमण हुने सम्भावना धेरै हुन्छ । यदि रुघामर्की लाग्दा सहि उपचार हुन सकेन, रुघा निक्कै दिनसम्म लागिरह्यो या रुघालाई बग्न नदिई सुकाउने काम भयो भने पिनास हुने जोखिम वढेर जान्छ ।

पिनासको अवस्था भनेको माथी उल्लेख गरिएका साइनसहरुमा फेहोर या अन्य वस्तुहरु जम्मा भएर साइनस सुन्निन पुग्छ । यो अवस्थामा निधार र नाकको फेदमा धेरै दुख्ने गर्छ जसलाई साइनुसाइटिस अथवा पिनास भनिन्छ । पिनासको दुखाई घामको झुल्कोसँगै देखापर्ने र दोपहरबाट क्रमश घटेर जाने गर्छ । तर, सबैजनामा भने माथिको लक्षण देखा नपर्न सक्छ । त्यसैले केहि परीक्षण पनि आवश्यकता पर्न सक्छ ।
परीक्षण र उपचार : पिनास हो या अन्य कारणबाट टाउको दुखेको हो भन्ने थाहा पाउन विरामीको लक्षण र एउटा पी एन एस एक्सरेको आवश्यकता पर्छ । यदि यतिबाट पनि पत्ता नलागेमा सिटी स्क्यान गर्नृ पर्ने हुन सक्छ । बिरामीको नाकको भित्री भागको निरीक्षण साइनस भएका ठाउँमा हातका औलाले थिचेर दुखेको या नदुखेको, माथी भनिएका लक्षणहरुको अध्ययन आदिका आधारमा औषधी दिइन्छ । यदि विरामीलाई सञ्चो नभएमा अन्य जाँचहरुको पनि आवश्यकता पर्छ । भनिन्छ ‘रोगको या रोगीको उपचार गर्नु भन्दा रोग लाग्नबाट बच्नु राम्रो होʼ तर सबै ठाउँ र अवस्थामा रोग लाग्नबाट बच्न सकिदैन् । त्यसैले रोग लागीहालेमा निम्न अनुसार उपचार र पिनास हुनबाट बच्ने काम गर्नु पर्छ । सर्वप्रथम त गर्मीका बेलामा या धापिएर आएका बेलामा चिसो पानी पिउनु हुदैन ।
रुघा लागीहालेमा सकेसम्म रुघा रोक्ने गोली खानु हुदैन् । यस्ता गोलीले सीगान सुकाएर नाक बन्द गराउने या पिनास जन्माउने सम्भावना वढाउछ । सकेसम्म सीगान बग्न दिनुपर्छ । हाच्छिउ आउन दिनुपर्छ । साथमा सम्भव भएसम्म सुप पिउने या तातो पानीको वाफ लिनु राम्रो हो । घरमै बनाउन सकिने घरायसी औषधी या शुद्ध बेसारपानी उत्तम हुन्छ । घाटी दुख्ने भएमा या अन्य लक्षण भएमा मनतातो दुधमा शुद्ध बेसर घोलेर सेवन गर्नु राम्रो हे । यदि माथीका उपचारबाट व्यथा सञ्चो नभएमा चिकित्सकको सल्लाह बमोजिम औषधीको सेवन गर्नुपर्छ । यदि पिनास लामो समय देखि निको हुन सकेको छैन भने आर्युवेदिक या होमियाप्याथिक औषधीको सेवनबाट निको हुन्छ ।

(लेखक :होमियोप्याथिक चिकित्सक हुन् )

Leave a Reply

Your email address will not be published.