पितृको स्मृतिमा आश्रमलाई खाद्यान्न सहयोग

गौरादह ,६ असोज । जिल्लाको गौरादह नगरपालिका -१ सितापुरी निवासी प्रजातान्त्रिक सेनानी समेत रहेका स्व. मदनकुमार सम्बाहाम्फेको स्मृतिमा उनका परिवारले दमकका दुई वटा आश्रमलाई खाद्यान्न सहयोग दिएका छन् ।
उनको १५ औं दिनको पुन्यतिथिको अवसर पारेर शनिवार उनकी श्रीमतीद्धय बिष्णु कुमारी कन्दङबा ,मनरुपा चोङवाङसहित छोराछोरीहरुले दमक ४ स्थित रत्न ज्येष्ठ नागरिक वृद्धाश्रम र दमक ९ मा रहेको हाम्रो बाल आश्रममा पुगेर विभिन्न खाद्यान्न सामाग्रीहरु सहयोग गरेका छन् । वितरण गरिएका खाद्यान्नमा दैनिक उपभोग्य सामाग्रीहरु चामल , दाल , तेल , तरकारी , फलफुल , पेयपदार्थ, चिनी , नुन लगायत रहेका छन् ।
यसैगरि,उनकै स्मृतिमा उनका परिवारजनले घरवरिपरी विभिन्न जातका १ सय बढी विरुवाहरु समेत रोपिएको स्व. सुब्बाकी नातिनी सुष्मा सुब्बा श्रेष्ठले जानकारी दिईन् । राजनीतिक तथा सामाजिक अग्रज व्यक्तित्व सम्बाहाम्फेको गत भदौ २३ गते ८१ बर्षको उमेरमा निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published.