दमक ,६ असोज । दमक -९ स्थित सरस्वती माध्यमिक विद्यालयका १० जना गरिव तथा जेहेन्दार विद्यार्थीलाई रोटरी दमक महेश्वरा देवी स्मृति शैक्षिक छात्रवृति पुरस्कार प्रदान गरिएको छ ।
रोटरी क्लव अफ दमकमा स्व. महेश्वरादेवीको स्मृतिमा उनका छोराहरु डा. लेखनाथ न्यौपानेसहितका परिवारले स्थापना गरेको अक्षयकोषबाट यसवर्ष ती १० जना विद्यार्थीलाई नगद तथा शैक्षिक सामाग्रीहरु प्रदान गरिएको हो । क्लवले बार्षिक रुपमा दमकका सामुदायिक विद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई हरेक वर्ष छात्रवृति प्रदान गरिआएको रोटरी दमककी सचिव अम्बिका न्यौपाने बताईन् ।
रोटरी क्लब अफ दमकका अध्यक्ष केशव अग्रवालको अध्यक्षता तथा सह– प्राध्यापक भगिरथ मिश्रको प्रमुख आतिथ्यतामा आइतवार एक कार्यक्रमका बीच क्लवले कक्षा ११ र १२ मा अध्ययनरत ३ जना विद्यार्थीलाई जनही नगद ३ हजार र अन्य ७ जना विद्यार्थीलाई जनही रु २ हजारका दरले नगद छात्रवृति प्रदान गरिएको थियो ।त्यसैगरि, सुर्यदर्शन सहकारीबाट विद्यार्थीहरुलाई ब्याग तथा कापी कलम र रोटेरियन प्रेसिडेन्ट ईलेक्ट सागर श्रेष्ठले ६ हजार रुपैया प्रदान गरेका थिए ।
कार्यक्रममा रोट्रयाक्ट क्लब अफ दमकका अध्यक्ष दिवाकर पञ्चकोटी ,रोटरी क्लब अफ दमकका पूर्व अध्यक्ष दिपु सन्दिप चापागाई, रोट्रियनहरु सागर श्रेष्ठ, प्रेम देवकोटा, रूद्र थापा, स्वर्गीय महेश्वरा देवीका श्रीमान छविराम न्यौपाने, छोराहरु गणेश न्यौपाने , नातिनी लक्ष्मी न्यौपाने साथै सुर्यदर्शन सहकारीका निमित्त व्यवस्थापक राजकुमार खड्का लगायतको उपस्थिति रहेको स्व. महेश्वराका सुपुत्र डा. लेखनाथ न्यौपानेले बताएका छन् ।