दमक ,६ असोज । ध्रुवतारा स्पोर्टिङ क्लवले दमकमा भोलि असोज ७ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने वडास्तरिय संगै भेट्रानतर्फको १० औं ‘ध्रुवतारा कप ’ –२०८१ प्रतियोगिताको तयारी पूरा भएको छ । वडास्तरमा फूटवलका खेलाडी उत्पादन गर्ने उद्देश्यले क्लवले वडास्तरिय संगै भेट्रानतर्फको फूटवल प्रतियोगिता सञ्चालनको तयारी पूरा भएको क्लवका अध्यक्ष मोहन मगर (मिन) ले बताए ।
प्रतियोगिता दमक- ३ स्थित प्रस्तावित मदन भण्डारी खेल मैदानमा हुने छ । प्रतियोगितामा दमकका १० वडासहित भुटानी शरणार्थी शिविर गरि ११ वटा टिमले सहभागिता जनाउने उनले बताए । दमक नगरपालिका र दमक नगर खेलकुद विकास समिति संरक्षक रहेको सो प्रतियोगिताका विजेताले उपविजेताले नगद ,ट्रफि तथा प्रमाणपत्र प्राप्त गर्ने छन् भने विभिन्न विद्यागत पुरस्कार समेत प्रदान गरिने अध्यक्ष मगरले जनाएका छन् ।
उनका अनुसार ३५ बर्ष माथिका खेलाडीहरुको सहभागितामा हुने उद्घाटन खेलमा भेट्रानतर्फ दमक–५ को बिरुद्द दमक – ७ र वडास्तरियतर्फ दमक ४को बिरुद्द दमक –५ का बीच खेल हुने क्लवका सचिब हिरामणि खड्काले बताए ।