नेम्बाङ्ग माओवादी केन्द्रमा प्रवेश

दमक,५ असोज । जनता समाजवादी पार्टी ( जसपा ) का पूर्व केन्द्रीय सदस्य दमक निवासी देउकुमार नेम्बाङ्ग माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।दमक -८ स्थित पार्टी कार्यालयमा आज संक्षिप्त कार्यक्रमका बीच नेम्बाङ्ग माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । जसपा पार्टी त्यागेपछि उनी राजनीतिमा निस्कृय रहिआएका थिए । विभिन्न संघसंस्थामा आवद्ध उनी नविन समाजवादलाई अंगाल्दै माओवादी केन्द्रमार्फत अवको राजनीतिक यात्रा अगाढी बढाएको जनाए ।
लामोसमय पहिचानको आन्दोलनमा सक्रिय उनी त्यही पहिचान र समृद्धिको मुद्धालाई शसक्त बनाउन पनि माओवादी केन्द्र रोजेको र त्यसमा आफू इमान्दार सेवक भएर काम गर्ने उनले सुनाए ।
पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.