दमक, ६ असोज । निर्वाचन आयोगले मंसीर ४ मा हुने प्रदेश सभा सदस्य तथा प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन सम्पन्न गर्न झापासहित देशैभरिका क्षेत्रमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरु नियुक्त गरेको छ ।
आयोगका अनुसार झापाको ५ वटा निर्वाचन क्षेत्र मध्ये क्षेत्र न. १ मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव टंकबहादुर महत, २ मा मुख्य न्यायधिबक्ताको कार्यालय १ नम्बर प्रदेश विराटनगरका उपन्यायधिबक्ता केशव प्रसाद पन्तलाई निर्वाचन अधिकृत नियुक्त गरिएको छ । त्यस्तै,मुख्य निर्वाचन अधिकृत नियुक्त गरिएका जिल्ला अदालत झापाका जिल्ला न्यायधिश चन्द्रमणी ज्ञवालीलाई क्षेत्र न. ३ मा, जिल्ला सरकारी वकिल कार्यालय झापाका जिल्ला न्यायधिबक्ता प्रकाश गौतम क्षेत्र न. ४ मा र क्षेत्र न. ५ मा न्यायधिबक्ताको कार्यालय काठमाण्डौका उपन्यायधिबक्ता डम्बर प्रसाद काफ्लेलाई निर्वाचन अधिकृत नियुक्त भएको आयोगले जनाएको छ ।