
दमक,६ असोज । झापाको दमक -१ को एक घरमा गएराती जुवा खेलिरहेको अवस्थामा १७ जना जुवाडे, कौडासहित रु ४ लाख बढी रुपैया प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमक- १ का हिमाल देवानको घरको भान्सा घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले जुवाडेसहित उनीहरुको खालबाट नगद रु ४ लाख २७ हजार ६ सय रुपैयाँ र १६ थान कोैडा समेत बरामद गरेको हो ।
सो खालबाट पक्राउ परेकाहरुमा दमक- ७ का ४९ बर्षिय कर्ण राई र राजन दाहाल , दमक -३ का विनोद थेवे, भद्रपुर- ७ का युवराज न्यौपाने , वडा नं ९ का दिलबहादुर राई , बिर्तामोड -१ का ४२ बर्षिय तिर्थ अधिकारी , भद्रपुर- १० का ५० बर्षिय ठाकुर प्रसाद निरौला, गौरादह -५ का हरि कोईराला, कमल गाउँपालिका -४ का ४७ बर्षिय सुबिन्द्र सुब्बा, कन्काई नगरपालिका -३ का ३२ बर्षिय मोहन बराल, सुनिल साह , मोरङ ग्रामथान गापा वडा नं -४ का ५७ बर्षिय लक्ष्मी प्रसाद अधिकारी वडा नं -५ का नैन कुमार चौधरी ४४ बर्षिय रुपेश तामाङ, पथरी शनिश्चरे -४ का ४० बर्षिय बलराम बस्नेत ४३ बर्षिय गंगाराम मगर र बेलबारी -११ का निशान पोखरेल रहेका छन् ।
उनीहरु मध्ये दमकका कर्ण राई जुवा खेलाउने धन्दाका मुख्य नाइके भएको बताइएको छ । पक्राउ परेकाहरु कतिपय पटक पटक जुवा तथा जुवाजन्य खेल खेल्ने खेलाउने ब्यवसायिक गिरोहका भएका बताइएको छ । जुवा खेल स्थलमा प्रहरी टोली पुगेपछि भागदौड मच्चिएको थियो । सो क्रममा पक्राउ परेका भद्रपुर- १० का निरौला घाईते समेत भएको जिल्ला प्रहरी प्रवक्त राकेश थापाले जानकारी दिए ।