स्व.राष्ट्र राईको सम्झनामा दीपप्रज्जवलन

दमक ,६ असोज । सगरमाथा तेक्वान्दो डोजाङका संस्थापक तथा तेक्वान्दो प्रशिक्षक ग्रान्ड मास्टर दमक निवासी स्व.राष्ट्र राईको पहिलो स्मृति दिवसका अवसर पारेर आज साँझ दमकमा दीपप्रज्जवलन गरिएको छ ।
दमक तेक्वान्दो डोजाडले दमक ५ स्थित सर्वोदय बोर्डिङ स्कूलको प्राङगणमा दिवंगत राईको सम्झनामा दिप प्रज्वलन गरिनुको साथै उनको जीवनी माथि चर्चा गरिएको थियो ।

स्वर्गीय राईले दमकमा सगरमाथा तेक्वान्दो सुरुवात गरि खेलक्षेत्रमा योगदान पुरयाँएको भन्दै उनको स्मृति खेलाडी,प्रशिक्षकहरु,शुभचिन्तकहरुको उपस्थितिमा दीपप्रज्जवलन गरिएको दमक तेक्वान्दो डोजाङका अध्यक्ष जितु धिमालले बताए ।
दिपप्रज्जवलनमा नेपाल राष्ट्रिय खेलकुद परिषद (राखेप) प्रशिक्षक जितेन्द्र मेचे, डोजाङका उपाध्यक्ष तथा सर्वोदय स्कुलका प्रिन्सिपल नवीन योगि, सचिव श्याम आचार्य, कोषाध्यक्ष प्रतिमा तामाङ ,सदस्यहरु संगम राई, रामचन्द्र अधिकारी, भुपालमान पौडेल, इक्सा मादेन, प्रमुख सल्लाहकार तथा फुटबल खेलाडी गजेन्द्र देवान साथै डोजाङ आवद्ध खेलाडीहरुको सहभागिता रहेको थियो ।पूर्व ब्रिटीश आर्मी राईको गत २१ सेप्टेम्बर २०२३ मा ५९ बर्षका उमेरमा बेलायतमा निधन भएको थियो ।
डोजाङलाई राखेपले दियो अनुमति
दमक तेक्वान्दो डोजाङले राखेपबाट अनुमति पाएको छ । परिषदमा आवद्धता अनुमतिको प्रकृया करिव छ महिना पछि संस्थागत रुपमा आवद्धताको अनुमति पाउँन सफल भएको अध्यक्ष धिमालले बताए । राखेपबाट अनुमति पाएकाले अव भने यस डोजाङले नियमित खेल क्षेत्रमा योगदान पुरयााँउने उनको भनाई छ ।
डोजाङ अन्तर्गत दमकका विभिन्न ३ वटा स्कुलमा तालिम सञ्चालन गरिआएको छ । जसअन्तर्गत मदरलैण्ड बोर्डिङ , हिमज्योति तथा सर्वोदय विद्यालयका विद्यार्थीहरु गरि करिब १५० जनाले तालिम लिइरहेका छन् ।

Leave a Reply

Your email address will not be published.