दमक,६ असोज । कमल- ५ पाडाजुँगीस्थित लगनशील कृषि सहकारी संस्थाको नेतृत्व गोबिन्द खनालले सम्हालेका छन ।यसअघि संस्थाका अध्यक्ष लालबहादुर विष्ट कमल ५ को वडाध्यक्षमा निर्वाचित भएपछि सहकारी ऐन २०७४ अनुसार उनले दिएको राजिनामा आज बिहिबार बसेको १५ औं साधारण सभाले स्विकृत गर्दै संस्थाका निवर्तमान उपाध्यक्ष खनाललाई सर्वसम्मत रुपमा संस्थाको अध्यक्षमा चयन गरेको हो । त्यसैगरी उपाध्यक्षमा फडिन्द्र भट्टराई र सदस्यमा सुरज कुमार कुमाल निर्बिरोध निर्वाचित भएका छन् ।
संस्थाको सचिवको जिम्मेवारी भिष्मप्रसाद सिटौलाले सम्हाल्दै आएका छन । आज सम्पन्न संस्थाको १५ औ साधारण सभाले संस्थाको सञ्चालक समितिको बार्षिक प्रतिवेदन, सचिव सिटौलाद्धारा प्रस्तुत प्रतिवेदन, र लेखा सुपरिवेक्षण समिति संयोजक युवराज कार्कीद्धारा प्रस्तुत प्रतिवेदन सुझावसहित पारित गरेको जनाइएको छ ।
जिल्ला सहकारी संघका उपाध्यक्ष प्रेम कुमार कोईरालाको प्रमुख आतिथ्यता रहेको साधारणसभामा कमल गाउँपालिकास्तरीय सहकारी समन्वय समितिका संयोजक बलराम गजुरेल, राष्ट्रिय सहकारी बैंक दमक शाखा प्रमुख मुना केसी, पूर्व वडाध्यक्ष डम्बर निरौला, लखनपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाकी अध्यक्ष उषा भण्डारी लगायत बिभिन्न संघ संस्थाका प्रमुखहरुको आतिथ्यता रहेको थियो ।