दमक,५ असोज । किरात याक्थुङ चुम्लुङ दमकले वडा अधिबेशनलाई तिव्रता दिएको छ । नजिकिएको नगर अधिबेशनलाई लक्षित गरि दमकका १० वटै वडामा विधानबमोजिम वडा अधिबेशनका भईरहेका छन् ।
यसैक्रममा शनिवार दमक ५ ले तेश्रो अधिबेशन तथा ११ औ बार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ ।
चुम्लुङ वडा अध्यक्ष भिमराज बेघाको अध्यक्षतामा सम्पन्न अधिबेशनले श्याम मादेनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा मनुसा बेघा,सचिबमा मिना योङहाङ,सह– सचिवमा राम कुमार सम्बाहाम्फे,कोषाध्यक्षमा याम बहादुर लावती चुनिएका छन् । यसैगरि ,सस्यहरुमा सुलोचना सुब्बा ,गंगा प्रसाद पाहिम ,मोतीलाल बेघा, कल्पना पोमु, चन्द्र आङदेम्बे,मनिता चबेगु ,प्रेम वनेम, बिष्नुमाया योङहाङ,खेम मादेन,दिपेन्द्र सम्बाहाम्फे, तारा नेम्वाङ ,मिना सम्बाहाम्फे,सलिना आङदेम्बे,सम्झना चेम्जोङ,राज कुमार चेम्जोङ,मिना चेम्जोङ लगायत रहेका छन् ।
दमक २ मा चेम्जोङ
कियाचु दमक २ वडाको अधिबेशनले बुदिमान चेम्जोङको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । सातौ वडा अधिबेशनले गठित वडासमितिको उपाध्यक्षमा गोपि तुम्रोक आङदेम्बे, सचिवमा चन्चला लिम्बू ,सह सचिबमा तिर्थ चेम्जोङ,कोषाध्यक्षमा भक्त निङलेकु र सदस्यहमा कुमारी आङदेम्बे,सुरेन्द्र निङलेकु, धनु चेम्जोङ ,मन कुमार सुहाङ,सरिता चेम्जोङ लगायत रहेका छन् ।
दमक १ को अध्यक्षमा बेघा
कियाचु दमक १ वडाको ७औं वडा अधिबेशनले १६ सदस्यीय वडा समित चयन गरेको छ ।सर्वसम्मत निर्वाचित समितको अध्यक्षमा प्रेम बेघा,उपाध्यक्षमा फुल कुमारी नेम्वाङ सचिवमा पञ्चमाया हाङगम,सह सचिबमा रन्जना नेम्वाङ र कोषाध्यक्षमा ओममाया आङदेम्बे चुनिएका छन् । यसैगरि, सदस्यहरुमा रचना लावती, फुङमा तुम्रोक,दिनेश लावती, सन्देश निङलेकु, पूर्ण कुमार नेम्वाङ ,प्रतिमा सेवा ईम्बुङ, लिला चेम्जोङ,मिरा योङहाङ ,रानी सम्बाहाम्फे, उमेश सम्बाहाम्फे, लक्ष्मी केदेम र रनमया चेम्जोङ रहेका छन् ।
यसअघि दमक ९ को अधिबेशन सम्पन्न भई नयाँ समिति समेत चयन भईसकेको नगर अध्यक्ष देवेन्द्र चेम्जोङले बताए ।