दमक १० को स्वास्थ्य केन्द्रमा ल्याव सेवा

दमक ,५ असोज । दमक १० मा रहेको दमक नगर स्वास्थ्य केन्द्रमा ल्याव सेवा सञ्चालनमा ल्याईएके छ ।कोशी प्रदेश सरकारको करिव १५ लाख रुपैयाको सहयोगमा ल्याब सेवा सञ्चालनमा आएको हो । आफनै ठाउँमा ल्याव सेवा सञ्चालनमा आएपछि रगत,पिसाव परीक्षण गर्न दमक चौंक,वार धाउनु पर्ने जस्ता समस्या हटेको वडाअध्यक्ष राजेन्द्र भण्डारीले बताए ।
ल्याब सेवाको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले उद्धघाटन गरेका छ्न । दमकका १० वटा वडा मध्ये यसअघि दमक ९ को स्वास्थ्य केन्द्रमा ल्याव सञ्चालनमा ल्याइएको थियो । अन्य वडाहरुमा समेत आवश्यकता अनुसार त्यहाँका स्वास्थ्य केन्द्रमा त्यसै किसिमको ल्याव सेवा विस्तार गर्ने लक्ष्य राखिएको नगरपालिकाले जनाएको छ ।
उद्ध्घाटन कार्यक्रममा दमक नगर पालिकाकी उप प्रमुख रेगीना भट्टराई प्रसाईको विशेष उपस्थिति रहेको थियो । सो अवसरमा नगर प्रमुख ,उपप्रमुखले नगरको दुरदराजका सर्वसाधारणको स्वास्थ्यमा सहज पहुच पुगोस भन्ने उदेश्यले नगरका हरेक नगरका स्वास्थ्य केन्द्रमा ल्याब सेवाका अन्य सेवा सुबिधा बिस्तार गरिदै लैजाने प्रतिवद्धता जनाए ।
ल्याव सेवा शुभारम्भ कार्यक्रममा दमक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण साह, दमक नगर स्वास्थ्य संयोजक बृजेश साह, ४ नम्बर वडा अध्यक्ष पुण्यप्रसाद दाहाल, दमक १० का पूर्ववडा अध्यक्ष बोधराज न्यौपाने, नेपाल रेडक्रस उपशाखाका सभापति प्रकाश बुढाथोकी, निबर्तमान अध्यक्ष लिला गुरगाई स्वास्थ्यकर्मी नगेन्द्र भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
यसैगरि सो अवसरमा किओच बाल अस्पताल दमकको प्राबिधिक सहयोगमा निशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरिएको थियो । शिबिरमा नाक, कान, घाटीको परीक्षण गर्नुका साथै औषधी समेत निशुल्क प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.