मोरङमा नवआगन्तुक प्रजिअ दाहालको भव्य स्वागत

पथरीशनिश्चरे, ५ असोज । मोरङ जिल्लाको प्रमुख जिल्ला अधिकारीको रूपमा आएका काशीराज दाहाललाई एक कार्यक्रमका बीच हार्दिक स्वागत गरिएको छ ।
गृह मन्त्रालयबाट सरुवा भई आएका प्रजिअ दाहालको सम्मानमा आज मंगलबार बिहान एक स्वागतसहित परिचय कार्यक्रम आयोजना गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय मोरङले आज एक सूचना प्रकाशित गर्दै सोबारे जानकारी दिएको हो ।
उक्त अवसरमा आयोजित कार्यक्रममा उनको भव्य स्वागत गर्दै आगामी कार्यकाल सफलताको शुभकामना पनि दिईएको थियो भने कार्यालयका कर्मचारीहरुसित पनि परिचयात्मक कार्यक्रम सम्पन्न भएको थियो।
प्रजिअ दाहालको आगमनअघि प्रमुख जिल्ला अधिकारीको रूपमा कोशहरि निरौला थिए। उनको ३ दिन अघि मात्र सरूवा भएको थियो ।

Leave a Reply

Your email address will not be published.