नेतृ सुब्बाद्धारा महाधिबेशन प्रतिनिधिको उम्मेदवारी

दमक,५ असोज । दमककी महिला नेतृ लक्ष्मी कुमारी सुब्बा (लक्ष्मी सुब्बा ) ले नेपाली कांग्रेसको केन्द्रीय महाधिबेशन प्रतिनिधिकी उम्मेदवारी घोषणा गरेकी छिन् ।
कांग्रेसको आसन्न महाधिबेशन अन्तर्गत झापा ,क्षेत्र न. ५ को अधिबेशनमा उनले महिला आदिवासी ÷जनजातिको कोटातर्फ वाट उम्मेदवारी प्रस्तुत गरेकी हुन् । आफनो उम्मेदवारी घोषणा गर्दे उनले पार्टी संगठन निर्माणसंगै राजनीतिमा महिलाको सहभागित वृद्धि गराउन आफूले आफनो ठाँउबाट काम गर्ने प्रतिवद्धता व्यक्त गर्छिन् ।
हाकी स्वभावकी नेतृ सुब्बा दमकको नारी एकता न्यायिक मञ्चको सहसचिव लगायत विभिन्न सामाजिक संघसंस्थाहरुमा महिला हकअधिकार क्षेत्रमा सक्रिय योगदान पुरयाँउदै आएकी छिन् । महिला माथि हुने सवै खाले हिंसा अन्त्य गर्न थोरवहुत आफूले काम गरेको उल्लेख गर्दे उनले भनिन्, –‘ पार्टीमा जिम्मेवारी लिएर अव विशुद्ध पार्टी संगठनमा मात्र काम गर्नका लागि उम्मेदवार वनेकी हुँ । ’
पार्टीका नेता तथा क्षेत्रीय प्रतिनिधिहरुले जिम्मेवारी दिएको खण्डमा आफूले प्राप्त गरेको जिम्मेवारी सधै इमान्दारिता ,सक्रियताका साथ काम गर्ने वताँउछिन् । सामाजिक संघसंस्थामा नै लामो समय काम गरिआएकी उनले अव पार्टीमा सेवा पुरयाँउनका लागि आफूले उम्मेदवारी दिन चाहेको स्पष्ट पारिन् । उनले भनिन्, –‘रहरले भन्दा पार्टीमा काम गर्नका लागि उम्मेदवारी प्रस्तुत गरेकी छु, यहाँहरुको अमूल्य सहयोग अवश्य नै पाउने छु । ’

Leave a Reply

Your email address will not be published.