दमकका मेघराज मृत भेटिए, घटनामा एक महिला समातिए

दमक,४ असोज । झापा दमकस्थित मेची बहुउद्धेश्यीय सहकारी संस्थाको कर्जाका कर्मचारी मेघराज राउत आज अपरान्ह दमकको एक होटलमा मृत फेला परेका छन् । प्रहरीले घटनामा अनुसन्धान गर्न एक जना महिलालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार प्रहरीले राती साढे ९ बजे ति महिलालाई नियन्त्रणमा लिइएको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीले महिलाका बिषयमा थप केही खुलाएको छैन ।
दमक- ८ निवासी ३७ बर्षिय राउत बिहिबार बिहान करिब ९ बजेदेखि एकाएक घर परिवार र कार्यालयको सम्पर्क बाहिर थिए । उनी सधैं कार्यालय आउने समयमा कार्यालय नआएपछि परिवारसँग बुझ्दा घरमा समेत नभएको बुझिएपछि आन्तरिक रुपमा खोजी भइरहेको थियो । प्रहरीले राउतले प्रयोग गर्दै आएको मोवाइल फोनबाट लोकेशन ट्रयाक गर्दै दमक- ५ स्थित मंगलदिप मार्केट र इलाका ट्राफिक प्रहरी कार्यालय दमकको मध्यभागमा रहेको अन्नपूर्ण होटल एण्ड लजको तेस्रो तलामा पुगेको थियो । त्यहाँ उनी बन्द कोठा भित्र फेन झुण्डयाउने फलामको हुकमा डोरीको पासो लगाएको अवस्थामा मृत भेटिएका थिए ।

Leave a Reply

Your email address will not be published.