दमक ,४ असोज । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्माले राष्ट्रिय युवा संघ दमक नगर कमिटीद्धारा आज आयोजित वक्तृत्वकला प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत गरेका छन् ।
‘सुखी नेपाल, समृद्धि नेपाल’ विषयक अन्तर मावि स्तरिय वक्तृत्वकला प्रतियोगितामा दमक नगरका १७ बिद्यालयका प्रतिस्पर्धीलाई उछिन्दै झापा मोडल अंग्रेजी माविमा कक्षा ९ मा अध्ययनरत प्रतिक खनालसहितका उत्कृष्ठ विद्यार्थीलाई उनले पुरस्कृत गरे ।
प्रतियोगितामा ग्लोबल एजुकेशन एकाडेमीका प्रज्वल सिटौला दोश्रो र हिमालय माविका सुलभ न्यौपाने तेस्रो तथा प्रजिता एकाडेमीका आयुषा खडका र एकता एकाडेमीका बिपासा लिम्बूले सान्तवना प्राप्त गरेका आयोजक राष्ट्रिय युवा संघ दमक नगर इञ्चार्ज राम पौडेलले जानकारी दिए ।
संघका नगर अध्यक्ष विवेक शर्मा भटराईको अध्यक्षतामा भएको प्रतियोगितामा दमक क्षेत्रका सरकारी र निजी विद्यालयका १५ जना विद्यार्थीले सहभागिता जनाएका थिए ।कार्यक्रममा केही साता अघि भएको शारीरिक सुसंगठन प्रतियोगितामा कोशी प्रदेशवाट विजेता बनेका दमक निवासी विशाल पौडेललाई एमाले अध्यक्ष ओलीले दोसल्ला ओढाएर समानपत्रद्धारा सम्मान गरे ।
यसैगरी सोही कार्यक्रममा युवा संघ दमक नगर कमिटीका संस्थापक अध्यक्ष जीवन धिमाल,पूर्व अध्यक्षहरु शंकर दाहाल,राजकुमार श्रेष्ठ,इन्द्र गुरुङ्घ,नविन राई,राम पौडेल र डेन्जोङ्घ शेर्पालाई समेत दोसल्ला ओढाएर सम्मान पत्र द्धारा नेता ओलीले सम्मान गरेका थिए ।