दमक ,५ असोज । नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ( प्याव्सन ) दमक नगर कार्यसमितिको उपाध्यक्षमा मित्र खत्रीलाई मनोनित भएका छन् । प्याव्सन दमकको आज बसेको बैठकले रिक्त रहेको उपाध्यक्ष पदमा दमक ८ स्थित एलाइड अंग्रेजी बोर्डिङ स्कूलका संस्थापक प्रिन्सीपल खत्रीलाई मनोनित गरिएको सचिव नविन योगीले जानकारी दिए ।
खत्रीले यसअघि प्याव्सन दमक संग नजिक भएर प्याव्सनको संस्थागत वृद्धिविकासमा विभिन्न सहयोग पुरयाँउदैआएका थिए ।