दमक, ५ असोज । अज्ञात समूहले दमकस्थित भूटानी शरणार्थी शिविर वेलडाँगीका एलबी भनिने ४६ बर्षीय लालबहादुर गुरुङको हत्या गरेका छन् ।झापा र इलाम चुलाचुलीको सीमा क्षेत्र रतुवाखोलास्थित झोलुंगे पुलमा अपरिचित समूहको खुकुरी प्रहारबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ । झोलुङे पुलबाट प्रहरीले उद्धार गरी अस्पताल पुरयाएको उनको विर्तामोडस्थित वीएनसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।
गुरुङ यस अघि पटक पटक जेल सजाय भोगेर केही समय अघि शरणार्थी शिविरमा आएका थिए । पुरानो रिसइवीका कारण कसैले उनको हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । मृतक गुरूङ परिवारसहित शिविरमा बस्ने गरेका थिए । प्रहरीले घटनाका बारे अनुसन्धान थालेको जनाएको छ ।