दमकमा लिम्बू याक्थुङ व्यवसायीहरु संगठित

दमक ,४ असोज । दमकमा लिम्बू याक्थुङ व्यवसायीहरु संगठित भएका छन् । किरात याक्थुङ चुम्लुङको संयोजनमा शुक्रवार सम्पन्न व्यवसायीहरुको भेलाले देवेन्द्रकुमार चेम्जोङको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको छ ।
सर्वसम्मत निर्वाचित समितिको सचिवमा प्रितम लिङदेन र सदस्यहरुमा राजकुमार शेर्मा,विष्णु सुब्बा,साङसेन पन्दाक,मिरा राई लिम्बू र रमा केरुङ चुनिएका छन् । स्थानीय किरात भवनमा भएको व्यवसायीहरुको भेलामा सहभागिहरुले लिम्बू व्यवसायीहरुको एकता,सहकार्यका लागि संगठित हुनुपरेको उल्लेख गरेका थिए । दमकमा २ सय बढी लिम्बू व्यवसायीहरुले विभिन्न किसिमको व्यवसायहरु सञ्चालन गरिआएका छन् ।
न्वगठित तदर्थ समितिले सवै लिम्बू व्यवसायीहरुलाई संगठित बनाउन सदस्यता विस्तारसंगै मंसिरमा वृहत भेलाको आयोजना गर्ने समेत निर्णय गरिएको चुम्लुङ दमक नगर सचिव चन्द्रवहादुर कन्दङवाले बताए ।

Leave a Reply

Your email address will not be published.