लगनशील कृषि सहकारीको अध्यक्षमा पुनः खनाल

दमक ,३ असोज । झापाको कमल गाउँपालिका -५ पाडाजुंगीस्थित लगनशिल कृषि सहकारी संस्थाको अध्यक्षमा पुनः गोविन्द खनाल चुनिएका छन् ।असोज ६ गते हुने संस्थाको १६ औ चुनावी बार्षिक साधारणसभाको निर्वाचन कार्यक्रम अन्तर्गत अध्यक्षमा खनाल पुनः निर्विरोध अध्यक्ष चुनिएका हुन् । उनी संगै सञ्चालक समितिको सचिवमा भिष्मप्रसाद सिटौला, लेखा सुपरिवेक्षण समितिको संयोजकमा पुनः युवराज कार्की र सदस्यमा रामप्रसाद बराल निर्विरोध भए । सञ्चालक समितिको एक उपाध्यक्ष पदमा तीन जना, सदस्यहरुमा सात जनाको उम्मेदवारी परेको छ ।
नयाँ नेतृत्व चयन गर्न अधिबक्ता बिमल संग्रौलाको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।
रक्तदानमा ६१ पिन्ट रगत संकलन
संस्थाले आयोजना गरेको खुला रक्तदानमा ६१ पिन्ट रगत संकलन भएको छ । संस्थाको प्राङगणमा आयोजित साधारणसभामा कमल गाउँपालिका ५ की सदस्य चन्द्रकला सुब्बासहित संस्थाका सञ्चालक समिति,शेयर सदस्य तथा सर्वसाधारणहरुले रगतदान गरेका थिए । रक्तदाताहरुलाई प्रंशसापत्र समेत वितरण गरिएको थियो । संस्थाले हरेक बार्षिक साधारणसभाका अवसरमा रक्तदान आयोजना गरिआएको छ ।

Leave a Reply

Your email address will not be published.