सर्पको डसाइबाट बृद्धाको मृत्यु

झापा, ४ असोज । झापाको कचनकवलमा विषालु सर्पले डसेर एक बृद्धाको ज्यान गएको छ । कचनकवल गाउँपालिका–६ बनियानीस्थित सर्पदंश उपचार केन्द्रमा भेन्टिलेटर नहुँदा सोही गाउँपालिका वडा नं ३ डाकुपाडाका ६५ वर्षीया वृद्धा कालघाट्नी राजवंशीको ज्यान गएको हो ।
सर्पले डसेर सिकिस्त भएकी राजवंशीलाई छिमेकीले दिउँसो सवा ३ बजे सर्पदंश उपचार केन्द्र ल्याएका थिए । उपचार केन्द्र ल्याइपुर्याएका थिए । उनलाई १० भाइल एन्टीस्नेक भेनम दिएपनि स्वास्थ्यमा सुधार नआएपछि भेन्टिलेटर नभएकोले अन्यत्र रेफर गर्नु परेको केन्द्रका प्राविधिक ह्रदय साहले जानकारी दिए । त्यहाँबाट रेफर गरेपछि राजवंशीको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
घरमा एक्लै भएको समयमा उनलाई कति बेला र कहाँ सर्पले डसेको भन्ने समयमा थाहा नहुँदा ज्यान बचाउन नसकिएको छिमेकीले बताएका छन् । यसअघि उपचार केन्द्रमा भेन्टिलेटर अभाव हुँदा गत भदौ ४ गते किङ कोब्रा सर्प डस्दा कचनकवल–५ खुमरुभिट्टा निवासी ६५ वर्षीय नेहरुलाल टुडूको अकालमै ज्यान गएको थियो ।

Leave a Reply

Your email address will not be published.