झापामा कार दुर्घटनामा दुई जनाको मृत्यु

दमक,४असोज । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत झापाको शिवसताक्षी नपा–१० सैनिक चोकमा आज मंगलबार अपरान्ह कार अनियन्त्रित भएर रुखमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ आउदै गरेको बा१४च ९१०८ नम्बरको कार आफैं अनियन्त्रित भई उत्तर साईडमा रहेको बरको रुखमा ठोक्किएर भएको दुर्घटनामा कार चालक सप्तरी लेगडा -५ का ४४ बर्षिय बलराम यादव र कारमा सवार ईटहरी उमनपा–१० की ३० बर्षिया गीता चौधरीको मृत्यु भएको जिल्ला टाफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुर्घटनामा मोरङ सुन्दरहरैचा नपा–६ की ४० बर्षिया रिता चौधरी, ईटहरी उमनपा–८ का २७ बर्षिय तेजन चौधरी र धरान उपमनपा–१५ बस्ने बर्ष–३६ का बिविसन दास र सोही ठाउँका राजेश चौधरी घाईते भएका छन् ।

Leave a Reply

Your email address will not be published.