झापा, ४ असोज । नेकपा एमालेले बुझाएको समानुपातिकतर्फका उम्मेदवारहरूको बन्द सूचीमा झापाका दश जना परेका छन् ।संघीय निर्वाचनतर्फ के.आर.खम्बू, हर्कमाया विक, भीम खवास, निर्मला शिवाकोटी पाठक, निरु पुलामी मगर र अमृतलाल राजवंशी समानुपातिकको सूचीमा परेका हुन् ।
त्यस्तै प्रदेश निर्वाचनतर्फ नम्बरलाल धिमाल, तारा ढकाल, कमला थापा मगर र विद्यानन्द राजवंशी समानुपातिकको सूचीमा परेको जिल्ला कमिटी अध्यक्ष दीपक कार्कीले जानकारी दिए ।