चौधरी मधेशी कोटाबाट महाधिबेशन प्रतिनिधिका उम्मेदवार

दमक, ४ असोज । दमक १ निवासी सत्यनारायण चौधरी नेपाली कांग्रेस भित्र चिनीएको नाम हो । कांग्रेसका महाधिबेशन प्रतिनिधि भएर पार्टी संगठन र क्रियाशीलतामा जिम्मेवारी निर्वाह गरिआएका उनले यसपटक पनि पुनः सोहि पदमा उम्मेदवार बनेका छन् ।
सामाजिक सञ्जालमार्फत चौधरीले मधेशी कोटाबाट पुनः केन्द्रीय महाधिबेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका हुन् ।यसअघि १३ औ महाधिबेशनको निर्वाचनमा पनि उनी मधेशी कोटाबाट केन्द्रीय महाधिबेशन प्रतिनिधिमा चुनिएका थिए ।
असोजको दोश्रो साता हुने क्षेत्रीय अधिवेशनमा आफनो उम्मेदवारी पक्कापक्की भएको बताउदै उनले भने, –‘ मैंले कांग्रेसको राजनीतिमा आफूलाई फेरि एक पटक काम गर्नका लागि उम्मेदवार बनेको छु, मलाई विश्वास छ सबैले साथ सहयोग हुनेछ ’
पार्टीमा अन्य आफूलाई कुनै लाभ तथा अन्य पद लिन कतैपनि लालच नभएको वताउदै चौधरीले हिजो जसरी काम गरे,त्यसरीनै निस्वार्थ रुपले पार्टीमा योगदान पुरयाँउन उम्मेदवारी दिन चाहेको सुनाए ।
पार्टीमा पुरयाँएका जिम्मेवारीकै कारण आफूले सवैको साथ र सहयोग प्राप्त गरिआएको उल्लेख गर्दे उनले अव पनि पार्टीका तमाम क्षेत्रबासी अग्रज नेता, वडासभापति तथा क्षेत्रीय प्रतिनिधिहरुले उचित मूल्याङकन गर्ने विश्वास व्यक्त गर्छन् । पार्टीमा क्रियाशीलता,निरन्तरतासहित मरिमेट्नेलाई जिम्मेवारी दिनुपर्ने उनको आग्रह छ । भन्छन्, –‘ काम गर्नका लागि जिम्मेवारी लिन चाहेको छु, यहाँहरुको सदैव सहयोगको अपेक्षा गरेको छु ’

Leave a Reply

Your email address will not be published.