पत्रकार सेलिङ धरमपुर सहकारीबाट पुरस्कृत

धरमपुर,४ असोज । झापा, शिवसताक्षीका पत्रकार सेलिङ केसी शिवसताक्षी–१ मा रहेको धरमपुर बचत तथा ऋण सहकारी संस्थाबाट पुरस्कृत भएका छन् ।सोमबार सम्पन्न संस्थाको १३औं साधारणसभा तथा पाँचौ अधिवेशनको उद्घाटन सत्रमा पत्रकारिता पुरस्कारबाट सतासी साप्ताहिकका सम्पादक तथा सताक्षी प्रेस क्लवका अध्यक्ष समेत रहेका केसीलाई नगद पाँच हजार एक सय रुपैयाँसहित सम्मानपत्रले पुरस्कृत गरिएको हो । उनलाई संस्थाको गतिबिधिहरु पत्रकारिताको माध्यमबाट प्रचार–प्रसार गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पुरस्कृत गरिएको बताइएको छ ।
वडाध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शिवसताक्षी नगरपालिकाका सहकारी बिभाग प्रमुख बद्री दाहाल, निर्वाचन अधिकृत पदम रिमाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । अधिबेशनले संस्थाको सञ्चालक समितिको अध्यक्षमा कुमार शंकर सर्वसम्मत चयन भएका थिए ।

Leave a Reply

Your email address will not be published.